ललितपुरको नाम र काम नमिल्ने पसल सिल, २० हजार जरिवाना पनि तिराइयो

  २०७९ साउन २५ गते १५:११     विकासन्युज

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले बजार अनुगमन गरी पाटन अप्टिकल नाम रहेको चस्मा पसल सिल गरेको छ ।

चाडपर्व नजिकिएसँगै बजारमा हुन सक्ने कालोबजारी लगायतको गैरकानुनी कामको अनुगमन गर्न हिँडेको सो टोलीले आज चस्मा पसलको नाम राखेर जुत्ता तथा चप्पल एवं बच्चाको कपडा आदि समेत बिक्री वितरण गरेको पाएसँगै सिल गरेको हो ।

ललितपुरका सहायक प्रजिअ हरिप्रसाद पन्तले भने, ‘नाम एउटा काम अर्काे गर्ने भएसँगै कारबाही गरियो ।’ सो अप्टिकललाई सात दिनभित्र कागजपत्रसहित प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिएको पन्तको भनाइ छ ।

यसैगरी सो अनुगमन टोलीले आज पाटन अस्पताल परिसरमा सञ्चालन भइरहेको प्राप्ति चमेना गृहलाई पनि २० हजार जरिवाना गराएको छ । सो गृहको भान्छा असाध्यै फोहर भएसँगै त्यहाँ बिक्री गर्न राखिएका दही तथा दुनोट र सैंडविचमा उत्पादनका साथै सकिने म्यादसमेत उल्लेख नभएका कारण उक्त मूल्य बराबरको रकम तिराएको पन्तले सुनाए ।

ललितपुरका प्रजिअ घनश्याम उपाध्यायले सरकारले हिजो जारी गरेको निर्देशनअनुसार बजार अनुगमन थालिएकोे बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.