बालाजुस्थित जुत्ता कारखानामा लागेको आगलागीमा साढे ४ करोडको क्षति

  २०७९ साउन २५ गते १४:३४     विकासन्युज

काठमाडौं । काठमाडौंको बालाजुस्थित जुत्ता कारखानामा बुधबार दिउँसो भएको आगलागीमा साढे चार करोड रुपैयाँ क्षति भएको छ ।  वान वर्ल्ड जुत्ता कारखानामा लागेको आगलागीमा करिब साढे ४ करोड रुपैयाँ क्षति भएको अनुमान गरिएको बताइएको छ ।

प्रहरी वृत्तका अनुसार कारखानामा विद्युत् सट भएर आगलागी भएको थियो । क्षतिको पूर्ण विवरण भने अझै आउन बाँकी रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

X