२०७९ साउन २४ गते १३:२६ विकासन्युज
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तिय संस्थाले विभिन्न पदका लागि कर्मचारी मागेको छ । लघुवित्तले मंगलबार एक सुचना जारी गर्दै ६ वटा पदमा कर्मचारी मागेको हो ।
लघुवित्तले विभागीय प्रमुख र कानुन अधिकृतका लागि १ जना कर्मचारी मागेको छ । साथै, प्रदेश प्रमुख, अनुगमन अधिकृत, शाखा प्रमुख, सहायक, कनिष्ठ सहायक, व्यवस्थापन प्रशिक्षार्थी र प्रशिक्षार्थी सहायकका लागि केही मात्रामा कर्मचारी मागेको छ ।
लघुवित्तको अनुसार विभागीग प्रमुख, कानुन अधिकृत, प्रदेश प्रमुख, अनुगमन अधिकृत शाखा प्रमुखका र व्यवस्थापन प्रशिक्षार्थी लागि न्यूनतम योग्यता स्नातकोत्तर गरी बैंक तथा वित्तिय संस्थाको काम गरेको हुनुपर्नेछ ।
त्यस्तै, सहायकले प्लस टु र कनिष्ठ सहायकले एसईई उत्तीर्ण गरी लघुवित्त वित्तीय संस्थामा काम गरेको हुनुपर्नेछ । प्रशिक्षार्थी सहायकले भने १० कक्षा उत्र्तीण गरी कम्प्युटर सम्बन्धी जानकार भएको हुनुपर्नेछ लघुवित्तले जनाएको छ ।
इच्छुक आवेदकले आफ्नो बायोडाटा र प्रमाणपत्रसहित साउन भदौ ७ गतेभित्र लघुवित्तको वेवसाइट आवेदन दिइसक्नुपर्नेछ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.