धितोपत्र बोर्डका चार जना निर्देशक उप-कार्यकारी निर्देशकमा बढुवा

  २०७९ साउन २२ गते २०:०५     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को उप–कार्यकारी निर्देशकमा ४ जना नियुक्त भएका छन् । गत विहीबार बसेको सेबोनको संचालक समितिले ४ जनालाई निर्देशक पदबाट उपकार्यकारी निर्देशक पदमा बढुवा गरेको हो ।

आन्तरिक प्रतिस्पर्धाको माध्यमबाट निर्देशकबाट उपकार्यकारी निर्देशकमा बढुवा हुनेमा निरन्जय घिमिरे, अम्बिका प्रसाद गिरी, नारायण प्रसाद शर्मा र दिपेश ताम्राकार बढुवा भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.