२०७९ साउन २२ गते १९:४६ विकासन्युज
काठमाडौं । द ब्रिटिस कलेजले ‘तेस्रो द ब्रिटिस कप २०२२’ टोर्नामेन्टको उपाधि जितेको छ । ब्रिटिस कलेजको आयोजनामा काठमाडौंका विभिन्न १३ वटा कलेजहरूबीच भएको फुटसल प्रतियोगितामा ब्रिटिस कलेजले नै उक्त उपाधि जितेको हो ।
उक्त खेलको फाइनल राउण्डमा ब्रिटिस र एपेक्स कलेजबीच प्रतिस्पर्धा भएको थियो । शुक्रबार भएको यी दुई कलेजबीचको फाइनल खेलमा ब्रिटिस कलेजले एपेक्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जित्यो । निर्धारित समयमा यी दुईबीचको खेल एकएक गोलमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।
विजेता टोली द ब्रिटिस कलेज ब्लु टिमले एक लाख नगद पुरस्कार जितेको छ । उपविजेता एपेक्स कलेजले पचास हजार नगद पुरस्कार जितेको छ ।
टोर्नामेन्टको उत्कृष्ट खेलाडी कप्तान अर्जुन श्रेष्ठ भए भने उत्कृष्ट गोलरक्षक नोवा हाङ लिम्बु भए । उनीहरु दुवैले १० हजार नगद जिते । कप्तान अर्जुनले उत्कृष्ट खेलाडीको अवार्ड जितेपछि भने,‘टिमको खेल प्रदर्शनप्रति गर्व छ, साथै टोर्नामेन्टभर हौसला प्रदान गर्ने दर्शकप्रति धन्यवाद दिन चाहन्छु ।’
द ब्रिटिस कलेजका म्यानेजिङ डाइरेक्टर महेन्द्रराज कँडेलले भने,‘हाम्रो विद्यार्थीहरुले टोर्नामेन्टमा सहभागीमात्रै भएनन्, टोर्नामेन्ट जित्न पनि सफल भए । उक्त सफलता प्रति हामी गर्व गछौँ । साथै, यो कार्यक्रमलाई सफलतापुर्वक सम्पन्न गराउन सहयोग पुर्याएका सबैलाई धन्यवाद दिन चाहन्छौं ।’
दुई वर्ष कोरोना महामारीका कारण यो प्रतियोगिता हुन सकेको थिएन । यो प्रतियोगिताको मुख्य प्रायोजक ब्रिटिस अमेरिकन एडुकेयर रहेको थियो । त्यस्तै अन्यमा एयरलाइन्स पार्टनरः टर्किस एयरलाइन्स, ट्राभल पार्टनर स्वा ट्राभल्स, होलिडे ट्राभल्स, सिनेमा पार्टनर, क्युएफएक्सः हस्पिटालिटी पार्टनर, मोजो बुटिक होटल र मेडिकल पार्टनर भयोदा हस्पिटल प्रायोजक रहेका थिए । प्रतियोगिताको साइनेज पार्टर ब्राइट एलइडी रहेको थियो भने सहयोगी पार्टनर कता खेल्ने रहेको थियो ।
सो कार्यक्रममा ब्रिटिस कलेजसहित लिटल एन्जल्स, सफ्टोरिका, प्राइम, एपेक्स, आइआइएमएस, सिल्भर माउन्टेन, पिसिपीएस कलेज, एस इन्टरनेशनल, थेम्स कलेज, क्याम्पियन कलेज, कुसोम, द ब्रिटिस प्रोफेसनल कलेजले प्रतियोगितामा भाग लिएका थिए ।
द ब्रिटिस कलेजका मार्केटिङ प्रमुख अमरदिप मण्डलले भने, ‘यो कार्यक्रमलाई सफलतापुर्वक सम्पन्न गराउन सहयोग गर्ने सबैलाई धन्यवाद छ । टोर्नामेन्ट सफलतापुर्वक सम्पन्न गर्न महत्वपुर्ण भुमिका खेलेका हिमाल कार्की र सुदीप भट्टराई विशेष धन्यवाद । आगामी वर्ष योभन्दा ठुलो र भव्य तरिकाले चौथो ब्रिटिस कपको तयारी गर्ने प्रतिवद्धता गर्छौं ।’
Copyright © 2023 Bikash Media Pvt. Ltd.