घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

<p>काठमाडौ । आइतबार नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महांसघका अनुसार आज छापावाल सुन प्रतितोला ९६ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजोको तुलनामा आज ५०० रुपैयाँले सुनको मूल्य घटेको छ । शुक्रबार छापावाल सुन प्रतितोला ९६ हजार ८०० रुपैयाँ र तेजाबी [&hellip;]</p>

काठमाडौ । आइतबार नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महांसघका अनुसार आज छापावाल सुन प्रतितोला ९६ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजोको तुलनामा आज ५०० रुपैयाँले सुनको मूल्य घटेको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला ९६ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । नेपाली सुनचाँदी व्यवसायी महांसघको अनुसार चाँदीको मूल्य पनि घटेर तोलाको १ हजार २०५ रुपैयाँ कायम भएको छ ।

Share News