प्राइम लाइफ इन्स्योरेन्सको सीईओ बने निर्मल दाहाल, पाए समितिको स्वीकृति

  २०७९ साउन १९ गते १६:११     विकासन्युज

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त भएका निर्मल दाहालले बीमा समितिको स्वीकृति भएका छन् । समितिले उनलाई साउन १९ गते बिहीबार प्राइम लाइफको सीईओ पदको लागि स्वीकृति दिएको हो ।

कम्पनीको कामु सीईओको जिम्मेवारी सम्हालिरहेका दाहाललाई यसअघि नै कम्पनी सञ्चालक समितिले सीईओ पदमा नियुक्त गरिसकेको थियो । जसको स्वीकृतिको लागि बीमा समिति पठाइएको थियो । सोही अनुसार समितिले उनलाई स्वीकृति दिएको हो ।

कम्पनीको कामु सीईओको जिम्मेवारी पाउनुभन्दा तीन महिनाअघि दाहाल बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए । कम्पनीले उनलाई साउन १ देखि लागू हुने गरी कामु सीईओको जिम्मेवारी सुम्पेको थियो । असार मसान्तबाट इन्स्योरेन्सका निवर्तमान सीईओ मनोज कुमार भट्टराईको दोस्रो कार्यकाल सकिए लगत्तै उनले कामुको जिम्मेवारी पाएका हुन् ।

दाहाल यसअघि यूकेएडले सपोर्ट गरेको गैर सरकारी संस्था सक्षममा कार्यरत थिए । जहाँ उनी ‘सक्षम एक्सेस टु फाइनान्स’ नामक प्रोग्रामको टीम लिडर थिए । सक्षममा जोडिनु पूर्व उनी लक्ष्मी बैंकमा कार्यरत थिए । शंकरदेव क्यापसबाट एमबीए गरेका दाहालले हिमालयन बैंकबाट बैकिङ करिअर शुरु गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.