कुमारी जबको ‘फ्रन्ट अफिस म्यानेजमेन्ट एन्ड सेक्रेटरियल एटिक्वेट्स’ तालिम सुरु

  २०७९ साउन ८ गते १७:०३     विकासन्युज

काठमाडौं । कुमारी जबले फ्रन्ट अफिस म्यानेजमेन्ट एन्ड सेक्रेटरियल एटिक्वेट्सको लागि तालिम सुरु गरेको छ । कम्पनीले पूर्व मिस नेपाल तथा मेडिया पर्सन एवम् ट्रेनर सुगारिका केसी लगायत अन्य दक्ष प्रशिक्षकहरुको साथमा उक्त तालिम सुरु गरेको हो ।

कुनै पनि अफिस अथवा संस्थाको लागि फ्रन्ट अफिस र सेक्रेटरियल विभाग अत्यन्तै महत्वपूर्ण हुने र उक्त काममा आफ्नो करियर बनाउनको लागि एउटा निश्चित योग्यता, सीप अथवा तालिम चाहिने भएकाले तालिम संचालन गरिएको कम्पनीले जनाएको छ ।

कुमारी जबका म्यानेजिङ डिरेक्टर सन्देश भण्डारीले नेपालका विभिन्न शहरहरुमा ठूला–ठूला व्यापारिक संस्थाहरु खोल्ने र ती संस्थाहरुमा योग्य र तालिमप्राप्त उम्मेदवारहरुको उच्च माग रहेकाले तालिम संचालन गरिएको बताए ।

‘फ्रन्ट अफिस एन्ड म्यानेजमेन्ट सेक्रेटरियल एटिक्वेट्स तालिम” सञ्चालन गरेका हौँ । आशा छ यस तालिममा सहभागी सम्पूर्णले कामको लागि आवश्यक ज्ञान र सीपहरु सिक्नुहुनेछ र आफुलाई एक योग्य उम्मेदवारको रुपमा प्रस्तुत गर्नुहुनेछ,’ उनले भने ।

फ्रन्ट अफिस र सेक्रेटरियल विभागमा आफ्नो करियर बनाउन चाहने व्यक्तिहरुको लागि यो तालिम अत्यन्तै उपयोगी हुने उनी बताउँछन् ।

बुधबारबाट शुरु हुने १२ दिनको यस तालिममा सहभागी हुन इच्छुक व्यक्तिहरूले https://cutt.ly/cLRpn5w मा लग–इन गरेर अथवा वा कुमारी जबको टेलिफोन नम्बरमा सम्पर्क गर्न सक्ने उनले बताए ।  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.