३ महिनापछि फरवार्ड लघुवित्तले पायो सीईओ, रामदयाल राजबंशीले सम्हाल्ने

  २०७९ साउन ८ गते ११:४८     विकासन्युज

काठमाडौं । फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामदयाल राजबंशी नियुक्त भएका छन् ।

लघुवित्तको साउन ७ गते शनिबार बसेको सञ्चालक समितिको बैठकले लघुवित्तको सीईओमा राजबंशीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

सीईओ राजबंशीलाई साउन १५ गतेदेखि लागु हुनेगरी आगामी ४ वर्षका लागि लघुवित्तको सीईओमा नियुक्त गरिएको हो । लघुवित्तले झण्डै ४ महिनापछि सीईओ पाएको हो । उनले साउन १५ गते नै कार्यभार सम्हाल्ने भएका छन् ।

यसअघि आशनारायण चौधरीले बैशाखमा सीईओ पदबाट राजीनामा दिएका थिए । चौधरीले राजीनामा दिएपछि कामु सीईओको रुपमा कृष्णप्रसाद भट्टराईलाई जिम्मेवारी दिएको हो । लघुवित्तको केन्द्रीय कार्यालय सुनसरीको दुहबीमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.