२०७९ साउन ६ गते १५:१६ विकासन्युज
काठमाडौं । वर्षमा एक सय सय भन्दा थोरै कामदार विदेश पठाउने म्यानपावरहरुले पनि आफ्नो इजाजत पत्र नवीकरण गर्न पाउने भएका छन् । श्रम, रोजगार, तथा सामाजिक सुरक्षा मन्त्रालयले राजपत्रमा सूचना जारी गर्दै सो कुरा जनाएको हो ।
यसअघि नवीकरण हुनका लागि एक आर्थिक वर्षमा कम्तीमा १०० जना कामदार विदेश पठाउनुपर्ने व्यवस्था रहेको थियो । वैदेशिक रोजगार ऐन, २०६४ को दफा ८२ ले दिएको अधिकार प्रयोग गरी वाधा अड्काउ फुकाउने आदेश अन्तर्गत सो सूचना जारी गरिएको राजपत्रमा उल्लेख गरिएको छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.