२०७९ साउन ५ गते १६:३६ विकासन्युज
काठमाडौं । काठमाडौंमा साउन ६ गतेदेखि आइआइएमएस करियर मेला हुने भएको छ ।आइआइएमएस कलेजले आयोजना गर्न लागेको यो मेला भगवती बहाल स्थित लिसारा ब्यांक्वेटमा आयोजना हुनेछ ।
मेलामा युवा जनशक्तिले राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीमा रोजगार हुने अवसर प्राप्त गर्ने कलेजले बताएकाे छ ।
कलेजकाे अनुसार मेलामा ५० भन्दा बढि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका सुचना, प्रविधि र उत्पादनमुलक क्षेत्र र बैंक तथा वित्तिय संस्था सम्बद्ध कम्पनीहरुको सहभागिता रहनेछन् । जसमध्ये कोकाकोला, गोल्छा ग्रुप, दराज, ईसेवा लगायतका कम्पनीहरु मेलाको प्रमुख साझेदार कम्पनीकाे रुपमा रहेका छन् ।
५० मध्ये २० कम्पनीले मेलाकै समयमा जनशक्तिलाई नियुक्त गर्ने र बाँकी कम्पनीहरुले सहभागीको सिभी संकलन गरि छिट्टै नियुक्त गर्ने कलेजले बताएकाे छ ।
कलेजकाे अनुसार मेलामार्फत विद्यार्थीहरुले करियर काउन्सेलिङ पनि दिइनेछ । मेला बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म सञ्चालन हुने कलेजले जानकारी दिएकाे छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.