२०७९ साउन ५ गते १३:४१ विकासन्युज
काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेले विभिन्न पदका लागि कर्मचारी मागेको छ । लघुवित्तले वरिष्ट सहायक, सहायक र प्रशिक्षार्थी सहायक तहका लागि कर्मचारी मागेको हो ।
लघुवित्तले बिहीबार एक सूचना प्रकाशन गरी वरिष्ठ सहायकका लागि १५, सहायकका लागि १५ र प्रशिक्षार्थी सहायकका लागि ५० जना कर्मचारी मागेको हो ।
वरिष्ठ सहायक र सहायकका लागि शैक्षिक योग्यता प्रविणता प्रमाणपत्र तह वा १२ कक्षा उतीर्ण हुनुपर्छ । अनुभव भने बैंक तथा वित्तीय संस्था सम्बन्धी ज्ञान भएको र मोटरसाइकल चलाउन सक्ने हुनुपर्छ ।
त्यसैगरी प्रशिक्षार्थी सहायकका लागि शैक्षिक योग्यता एस.एल.सी. उतीर्ण वा एस.ई.ई मा २ प्लस जि.पि.ए प्राप्त गरेको हुनुपर्छ । यसमा अनुभव भने कम्प्युटर सम्बन्धी ज्ञान भएको र दुई पांग्रे सवारी साधन चलाउन सक्ने हुनुपर्छ ।
इच्छुक आवेदकले आफ्नो बायोडाटा र प्रमाणपत्रसहित साउन १९ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । यस सम्बन्धि सूचना कम्पनीको वेवसाइटमा राखिएको छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.