२०७९ साउन ४ गते १३:१२ विकासन्युज
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी मागेको छ । लघुवित्तले अधिकृत छैठौं र सहायक तेस्रो तहका लागि कर्मचारी मागेको हो ।
लघुवित्तले बुधबार एक सूचना प्रकाशन गरी कनिष्ठ अधिकृत प्रशासन विभागका लागि १ जना र कनिष्ठ सहायक प्रशिक्षार्थी पदका लागि केही कर्मचारी मागेको हो ।
अधिकृत छैठौं पदका लागि व्यवस्थापन विषयमा स्नातक तह वा सा सरहको परिक्षा उतिर्ण गरेको वा स्नातकोत्तर तह उतिर्ण गरेको वा बैंक तथा वित्तीय संस्था वा कुनै संगठित संस्थामा अधिकृत स्तरमा २ वर्ष काम गरेको अनुभव हुनुपर्नेछ ।
त्यस्तै, सहायक तेस्रो तहका लागि भने कम्तिमा एसईई वा एसएलसी तथा सो सरहको परिक्षा उतिर्ण गरेको गरेको हुनुपर्ने अथवा प्लस टु उतिर्ण गरेको हुनुपर्नेछ ।
इच्छुक आवेदकले आफ्नो बायोडाटा सहितको प्रमाणपत्र लघुवित्तको वेभसाइटमा गएर सूचना प्रकाशन भएको १५ दिन अर्थात् साउन १८ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.