प्राइम लाइफ इन्स्योरेन्समा कामु प्रमुख कार्यकारी अधिकृत निर्मल दाहाल

  २०७९ साउन २ गते १३:४०     विकासन्युज

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निर्मल दाहाललाई तोकेको छ । उनी तीन महिनाअघि बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए ।

प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईको दोस्रो कार्यकाल असार मसान्तमा सकिएको छ । साउन १ देखि लागू हुने गरी दाहालले कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका हुन् ।

दाहाल यसअघि यूकेएडले सपोर्ट गरेको गैर सरकारी संस्था सक्षममा कार्यरत थिए । जहाँ उनी ‘सक्षम एक्सेस टु फाइनान्स’ नामक प्रोग्रामको टीम लिडर थिए । सक्षममा जोडिनुपूर्व उनी लक्ष्मी बैंकमा कार्यरत थिए । शंकरदेव क्यापसबाट एमबीए गरेका दाहालले हिमालयन बैंकबाट बैकिङ करिअर शुरु गरेका थिए ।

प्राइम लाइफ, गुराँस लाइफ र यूनियन लाइफबीच मर्जरको प्रक्रिया चलिरहेको छ । मर्जपछि कसलाई प्रमुख कार्यकारी अधिकृत बनाउने भन्ने विषयमा सहमति भइनसेको बताइएको छ ।

मर्जपछि दाहालसँगै यूनियन लाइफका मनोज कुमार लाल कर्ण, गुराँस लाइफका विपिन कुमार लालको सीईओमा दावी रहने छ । तर तीन वटै कम्पनीका प्रमुख कार्यकारी अधिकृत भन्दा बाहिर गएर प्राइम लाइफका निवर्तमान सीईओ भट्टराईकै पुनः नियुक्ती हुने सक्ने अनुमान पनि धेरैले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.