२०७९ असार ३० गते १२:३३ विकासन्युज
काठमाडौं । वैदेशिक रोजगार कसुर मुद्दामा फरार प्रतिवादी चितवन बस्ने ४६ वर्षीया श्रीकृष्ण घिसिङ तामाङ पक्राउ परेका छन् ।
तामाङलाई सर्वोच्च अदालतले २०७७ साल चैत १७ गते वैदेशिक रोजगार ठगी मुद्दामा ६ वर्ष जेल र ६ लाख रुपैयाँ जरिवाना सुनाएको थियो ।
तामाङलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बिहीबार काठमाडौंको कलंकीमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । ब्युरोका अनुसार फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा उनलाइ पेस गरिएको छ ।
वैदेशिक रोजगार संचालन गर्ने अनुमति नै नपाएका उनले राम्रो पारिश्रमिक हुने भनी इजरायल जापान लगायतका वैदेशिक मुलुकमा पठाइदिने प्रलोभनमा पारेर पीडितहरुसँग ठगी गरेको कसुरमा उक्त सजाय भएको व्युरोले जनाएको छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.