कर्मचारी सञ्चय कोषमा ५८ जनालाई खुल्यो जागिर

  २०७९ असार २८ गते ११:३५     विकासन्युज

काठमाडौं । कर्मचारी सञ्चय कोषमा जागिर खुलेको छ । कोषले मंगलबार एक सूचना सार्वजनिक गर्दै कूल ५८ जनालाई जागिरको अवसर खुलेको जानकारी गराएको हो ।

कोषले प्रशासन र प्राविधिक इन्जिनियरिङतर्फ सहायकदेखि वरिष्ठ प्रबन्धकसम्मका पदमा ५८ जनाका लागि जागिर खुलाएको छ । जसमध्ये सहायक पदमा २४ जना, सबइन्जिनिर १ जना, प्रमुख सहायक १, सहायक प्रबन्ध (कानुन) १, सहायक प्रबन्धक २३ जना, उपप्रबन्धक (वित्त विश्लेषक) २ जना, उपप्रबन्धक ३ जना, प्रबन्धक २ जना वरिष्ठ प्रबन्धक १ जनाका लागि जागिर खुलाएको छ ।

यससँगै योग्य तथा इच्छुक उम्मेदवारले यो सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिन सक्नेछन् । साथै, सो मितिसम्म दोब्बर दस्तुर तिरी थप ७ दिनसम्म दरखास्त दिन सक्ने व्यवस्था रहेको सूचनामा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.