२०७९ असार २२ गते १६:३१ विकासन्युज
काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले राजीनामा दिएको घोषणा गरेका हुन् ।
अर्थमन्त्री शर्माले आफूविरुद्ध संसदीय विशेष छानबिन समिति गठन भएकोमा धन्यवाद दिँदै छानविन समितिलाई सहयाेग गर्न राजीनामा दिएकाे बताएका हुन् ।
‘सभामुखको पहलमा जुन छानबिन समिति बनेको छ, त्यसको स्वागत गर्छु, धन्यबाद दिन्छु, यो छानबिनका लागि मैले मार्गप्रशस्त गर्दै आफ्नो पदबाट राजीनामा दिएको घोषणा पनि गर्दछु,’ उनले राजीनामा दिँदै भने ।
शर्माले बजेट बनाउँदा आफूले कुनै गल्ती नगरेको पनि बताए । उनले छानबिन समिति गठन भइसकेको अवस्थामा मन्त्रीले राजीनामा दिनुपर्ने र मन्त्रीका रुपमा संसदमा बोल्न नहुने पनि बताएका छन् ।
भिडियो हेर्न यसमा क्लिक गर्नुहोला
Copyright © 2023 Bikash Media Pvt. Ltd.
Good News !!!