बर्दियाको राजापुरमा एभरेष्ट बैंकको नयाँ शाखा उद्घाटन

  २०७९ असार २२ गते १५:५१     विकासन्युज

काठमाडाैं । एभरेष्ट बैंकले  बर्दियाको राजापुरमा आफ्नो ११७औं शाखाको उद्घाटन गरेकाे छ । बै‌कले

राजापुर नगरपालिकाका मेयर दिपेश थारु र एभरेष्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रुपमा राजापुर शाखाको उद्घाटन गरेका छन् ।

उक्त उद्घाटन समारोहमा बर्दिया उद्योग वाणिज्य संघका अध्यक्ष केदार थापा, राजापुर महानगरपालिका वडा– ४ का अध्यक्ष बिदुर पोखरेल र नेपाल प्रहरीका डीएसपी प्रकाश सापकोटाको पनि उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रममा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राजापुर नगरपालिका वडा–४ लाई २० थान डस्टबिन पनि हस्तान्तरण गरेको थियो ।

बैंकको हाल लाखौं ग्राहक संख्या रहेको छ । बैंकका हाल ११७ शाखा, १५१ एटिएम, ३१ राजस्व संकलन काउन्टर र यसको व्यापक विश्वव्यापी नेटवर्क मार्फत व्यावसायिक र प्रभावकारी बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.