२०७९ असार २२ गते १४:११ विकासन्युज
काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ वटा पदमा करार कर्मचारीको माग गरेको छ । बैंकले बुधबार एक सूचना जारी गर्दै सुरक्षागार्ड (पिपा पद) र सवारी चालक पदको लागि करार कर्मचारीको माग गरेको हो ।
बैकले १६ सुरक्षागार्ड, हलुका गाडी चलाउने १४ र बस चलाउने ७ जना कर्मचारीको माग गरेको हो । बैंकले सो पदको लागि सेवा अवधि ६ महिना रहेको र सो पदमा उम्मेद्वार दिनेको उमेर ४५ वर्ष ननाघेको र कम्तिमा पनि आठ कक्षा पास गरेको हुनुपर्ने जनाएको छ ।
पिपाको पदका लागि नेपाली सेनाबाट पिपा वा सोभन्दा एक तह माथि काम गरी निवृत्तिभरण प्राप्त गर्ने गरी अवकाश पाएको हुनुपर्ने र सवारी चालकको हकमा बैंक तथा वित्तिय संस्था वा नेपाल सरकारको निकायमा कम्तिमा १० वर्ष सम्बन्धित सवारी साधन चालक सम्बन्धी अनुभव प्राप्त गरको हुनु पर्ने बैंकले सूचनामा उल्लेख गरेको छ ।
यसका लागि आवेदन दिने अन्तिम मिति साउन ४ गते तोकिएको छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.
Driver