सशस्त्र प्रहरी महानिरीक्षकले यसरी निरीक्षण गरे अस्पताल (फोटोफिचर)

  २०७९ असार १९ गते १९:५०     विकासन्युज

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले काठमाडौंको बलम्बुस्थित नेपाल एपीएफ अस्पतालको असार १९ गते निरीक्षण गरेका छन् । उनले उक्त अस्पतालको निरीक्षण गर्दै त्यहाँको सेवा प्रवाहको अवस्थाबारे जानकारी लिएका छन् ।

महानिरीक्षक अर्यालले सो अस्पताल निरीक्षण तथा अनुगमनको क्रममा अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकहरुसँग अन्तरक्रिया गर्नुका साथै सो अस्पतालले प्रवाह गरिरहेको स्वास्थ्य उपचार सेवा, थप गर्नुपर्ने आवश्यक संरचना तथा श्रोत साधन र व्यवस्थापकीय लगायतका विविध पक्षबारे जानकारी लिएका हुन् ।


त्यसअवसरमा उनले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा सशस्त्र प्रहरी कर्मचारीहरुलाई सो अस्पतालबाट प्रवाह हुने उपचार सेवामा कुनै पनि कमिकमजोरी हुन नदिई संवेशनशील रहँदै उच्चस्तरीय सेवा प्रवाहमा क्रियाशिल रहन निर्देशन दिए ।

महानिरीक्षक अर्यालले त्यसअवसरमा ओपीडी, प्याथोलोजी, आईसीयू, अपरेशन कक्ष, बाल रोग विभाग, बिरामी वार्ड, फिजियोथेरापी, फार्मेसी तथा मेश लगायतको निरीक्षण र अनुगमन गरि जनरल वार्ड, आईसीयू, एचडीयू र भेन्टिलेटरमा रहेका बिरामीहरुको स्वास्थ्य अवस्थाबारे समेत जानकारी लिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.