२०७९ असार १९ गते ९:४३ विकासन्युज
काठमाडाैं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक लिलाप्रसाद शर्माले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएकाले वस्तुको मूल्यवृद्धि भएको बताएका छन् ।शनिबार काठमाडाैंमा आयाजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
महानिर्देशक शर्माले पेट्रोलियम पदार्थको एक वर्षमा १०४ प्रतिशत मूल्यवृद्धि भएकाले वस्तुको मूल्य वृद्धि भएको बताए ।
यस्तै उनले देशैभर एकसाथ एकै समयमा अनुगमन गर्दा विदेशीबाट नै सामानको मूल्य वृद्धि बढेर आएको देखिएकाले बजारको मूल्यवृद्धि सरकारको नियन्त्र भन्दा बाहिर रहेको पाइएको बताए ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा माननीय मन्त्रीज्यूको उपस्थितिमा उपभोक्ता हक अधिकारको संरक्षण, स्वच्छ बजार प्रवर्दन तथा अवाञ्छित मूल्य वृद्धि अनुगमन तथा नियन्त्रणको लागि जिम्मेवार तथा उत्तरदायी संघीय सरकार अन्तर्गतका नियामक निकायहरु एवम् संविधान तथा प्रचलित कानून बमोजिम यस्तो जिम्मेवारी पाएका प्रदेश तथा स्थानीय तहहरुको विचमा समन्वय कायम गरी क्रियाशिल हुने भन्ने निर्णय गरेको थियो ।
उक्त निर्णय अनुसार देशव्यापी रुपमा असार १७ गते एकसाथ, एक समय, देशैभर बजार अनुगमन सम्पन गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग तथा मातहत कार्यालयहरुबाट एवम् तीन तहका सरकारका विभिन्न निकायबाट बजार अनुगमन भैरहेता पनि अभियानकै रुपमा यस्तो अनुगमनको सुरुवात भएको छ । आगामी दिनमा यस्तो अनुगमनको निरन्तरता रहने विभागले बताएको छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.