खोज तथा अनुसन्धानलाई सहज बनाउँदै ब्रिटिस कलेज, स्थापना गर्यो ‘इन्टरनेट अफ थिंग्स’

  २०७९ असार १७ गते १७:४७     विकासन्युज

काठमाडौं । ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त नेपालको एक मात्र शैक्षिक संस्था द ब्रिटिस कलेज (टीबीसी)ले ‘इन्टरनेट अफ थिंग्स’ ल्याब स्थापना गरेको छ । शुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गरि कलेजका विद्यार्थीहरूको अनुसन्धान र विकासलाई सहज बनाउने उदेश्यको साथ नयाँ ‘इन्टरनेट अफ थिंग्स (आईओटी)’ ल्याब स्थापना गरिएको हो ।

आवश्यक स्रोत साधनहरुले पूर्ण ल्याबबाट विद्यार्थीहरूलाई छोटो अवधिका कोर्षहरुको प्रदान पनि हुनेछ । ल्याबले विद्यार्थीहरुलाई क्षेत्रीय स्तरका प्रतिस्पर्धा तथा सम्मेलनहरूमा आफ्ना खोज तथा अनुसन्धानहरु प्रस्तुत गर्न सक्ने गरि सहभागीता जनाउने मौका समेत प्रदान गर्नेछ । यसले उनीहरूलाई विश्वमा देखिएका समस्याहरुको समाधान गर्न मद्दत पुग्ने विश्वास कलेजले लिएको छ ।

कार्यक्रमको औपचारिक उद्घाटन कलेजका सीईओ तथा संस्थापक राजन कँडेलले गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै कँडेलले आईओटी उदीयमान विषय भएको बताउँदै विद्यार्थीहरुलाई थप अवसर प्राप्त गर्न सहयोगी हुने विश्वास व्यक्त गरे ।

‘इन्टरनेट अफ थिंग्स महत्वको हिसावले उदीयमान विषय हो, त्यसैले पाठ्यक्रमलाई सहयोग पुर्याउने यस विषयले हामी हाम्रा विद्यार्थीहरूलाई प्रतिस्पर्धात्मक रूपमा उभ्याउने र यस क्षेत्रका विद्यमान अवसर प्रदान गर्ने लक्ष्य राखेका छौं,’ उनले भने ।

त्यस्तै, कार्यक्रममा बोल्दै कलेजका एसोसिएट डीन अरुण जोशीले भने, ‘यो नयाँ सुविधाले हाम्रा बीएससी (हन्स) कम्प्युटिङ र बीएससी (हन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फोरेन्सिक्सका विद्यार्थीहरूले नयाँ र रोमाञ्चक विकासहरूमा पहुँच पुर्याउन सक्षम हुनेछन् । साथै, डिजिटालाइजेसनको क्षेत्रमा यसले सम्भावित रूपमा हामीले आईओटीको अवधारणा र अनुप्रयोगहरू सिकाउने र सिक्ने तरिकामा क्रान्तिकारी परिवर्तन ल्याउन सक्छौं ।’

उद्घाटन कार्यक्रममा पाँच जना विद्यार्थीहरुसँगै विषयसँग सम्बन्धित शिक्षकहरुले स्मार्ट सोलार, फेस डिटेक्शन र स्मार्ट होम अटोमेसनलगायत आईओटीसँग सम्बन्धित विभिन्न विषयमा प्रस्तुति दिएका थिए । यसका साथै आईओटीसँग सम्बन्धित पाठ्यक्रमहरू जुलाई १५ बाट आधिकारिक रूपमा सुरु हुने कलेजले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.