साढे १० प्रतिशत व्याज पाइने सेञ्चुरी बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

  २०७९ असार १६ गते १८:३९     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको ‘सेञ्चुरी डिबेन्चर २०८८’ नामक ऋणपत्र दोश्रो बजारमा सूचीकृत भएको छ । १० वर्ष अवधि तथा वार्षिक १०.५० प्रतिशत व्याजदर भएको उक्त ऋणपत्र असार १६ गते नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भएको हो ।

उक्त ऋणपत्र सूचीकृत गर्न बैंक र नेप्सेबीच सम्झौता भएको छ । सम्झौता अनुसार बैंकको २२ लाख थान ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो । जसको सिम्बोल सीसीबीडी८८ रहेको छ ।

बैंकले धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल मार्फत उक्त ऋणपत्र सर्वसाधारणमा बिक्री गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.