सहकारी विकास बोर्डको सञ्चालक बन्न कागजात नै किर्ते, सीआईबीले तिमल्सिनालाई गर्‍यो पक्राउ

  २०७९ असार १४ गते १५:५९     विकासन्युज

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले शैक्षिक योग्यताको प्रमाणपत्र कीर्ते गरेकाे आराेपमा माधवप्रसाद तिमल्सिनालाई पक्राउ गरेको छ ।

सीआईबीले ललितपुको साविक ईकुडोल गाविस हाल ललितपुर महानगरपालिका १३ कुसुन्तीका ५३ वर्षीय माधवप्रसाद तिमल्सिनालाई शैक्षिक योग्यताको प्रमाणपत्र कीर्ते गरेको आरोपमा पक्राउ गरेको हो ।

उनलाई मंगलबार ललितपुरको थसीखेलबाट पक्राउ गरी लिखत सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याई लिई अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

पक्राउ परेका तिमल्सिनाले राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदमा नियुक्तका लागि दिएको शैक्षिक प्रमाणपत्र कीर्ते गरेको पाइएको सीआईबीले जनाएको छ ।

उनले पाटन बहुमुखी क्याम्पसबाट स्नातक तह उतीर्ण गरेको माधवप्रसाद तिमल्सिनाको नाममा जारी भएको चारित्रिक प्रमाणपत्र र त्रिवीमा दर्ता भएको पाटन क्याम्पसको मानविकीको ट्रान्सकृप्ट कीर्ते गरी २०७८ को चैत ६ गते बोर्डमा निवेदन दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.