संचयकर्तालाई १७४ करोड र लगानीकर्तालाई ९८ करोड दिने नागरिक लगानी कोषको निर्णय

  २०७९ असार १२ गते १३:३४     विकासन्युज

काठमाडौं । नागरिक लगानी कोषले लगानीकर्तालाई लाभांश र संचयकर्तालाई थप प्रतिफलको घोषणा गरेको छ । कोषले संचयकर्तालाई एक अर्ब ७४ करोड रुपैयाँ अतिरिक्त प्रतिफल दिने भएको छ भने सेयर लगानीकर्तालाई ९० करोड १० रुपैयाँ बराबरको बोनस सेयर दिने भएको छ ।

शनिबार बसेको कोष सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको कोषका सूचना अधिकृत उद्धव सिलवालले जानकारी दिए । आर्थिक बर्ष २०७७/७८ सम्मको नाफाबाट उक्त लाभांश दिन लागिएको हो ।

नागरिक लगानी कोषका कर्मचारी बचत बृद्धि स्वीकृत अवकास कोषमा सहभागीहरुलाई १ दशमलव ५ प्रतिशत थप प्रतिफल दिने निर्णय भएको हो । कोषले सञ्चालन गरेको कर्मचारी वचत बृद्धि स्वीकृत अवकाश कोष कार्यक्रमका करिव २ लाख ९८ हजार सहभागी छन् ।

२०७८ असार मसान्तसम्मको बचत रकममा संचित मुनाफाबाट एक दशमलव ५ प्रतिशतका दरले थप प्रतिफल दिँदा सहभागीहरुको खातामा कुल रकम १ अर्ब ७४ करोड रुपैँया जम्मा हुनेछ । प्रतिफलबाट प्राप्त रकम कोषमा रहेको सहभागीहरुको खातामा जम्मा गर्ने व्यवस्था कोषले गरेको जानकारी दिएको छ ।

गत आर्थिक वर्षको नाफाबाट कोषले सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । उक्त बोनस स्वरुप कोषमा ९८ करोड १० लाख रुपैयाँ बराबरको चुक्ता पुँजी वृद्धि हुनेछ । कोषले बोनस सेयरमा लाग्ने कर स्वरुप सरकारलाई ५ करोड १६ लाख रुपैयाँ पनि तिरिदिने भएको छ । काेषकाे लाभांश घाेषणा सार्वजनिक भएकै दिन सेयर मूल्य प्रतिकित्ता साढे दुइ सय रूपैयाँले बढेकाे छ । काेषकाे सेयर मूल्य प्रतिकित्ता २४०० भन्दा बढीमा काराेबार भैरहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.