‘ब्याजदर अझैं बढ्छ, नेपाल श्रीलंकाकै हालतमा पुग्न सक्छ’

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुको ब्याजदर अझैं बढ्न सक्ने बताएका छन् । उनले बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै बैंकहरुको ब्याजदर अझै बढ्ने बताएका हुन् । उनले ब्याजदर बढेमा उद्योग व्यवसायीले पनि स्वीकार गर्नुपर्ने धारणा राखे । ‘आगामी आर्थिक वर्षको आर्थिक वृद्धिदर ८ प्रतिशत हुने, ७ प्रतिशतको मुद्रास्फीतिको सीमा कायम गर्ने भनेको [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुको ब्याजदर अझैं बढ्न सक्ने बताएका छन् । उनले बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै बैंकहरुको ब्याजदर अझै बढ्ने बताएका हुन् । उनले ब्याजदर बढेमा उद्योग व्यवसायीले पनि स्वीकार गर्नुपर्ने धारणा राखे ।

‘आगामी आर्थिक वर्षको आर्थिक वृद्धिदर ८ प्रतिशत हुने, ७ प्रतिशतको मुद्रास्फीतिको सीमा कायम गर्ने भनेको छ, अर्को वर्ष धेरै मानिसहरुले चुनौती अवस्था रहने अनुमान गरिहरको देख्छौं, हामी पनि त्यसको लागि तयारी हुनुपर्छ, पछिल्लो समय ब्याजदरका रेटहरु बढी रहेका छन्, अझैं बढ्ने देखिन्छ, त्यसलाई हामीले स्वीकार्नुपर्छ,’ उनले थपे ।

उनले अर्थतन्त्रका लागि जिम्मेवार पक्षहरु सबैजना आ-आफ्ना दायित्वमा इमानदार भएमात्रै अहिलको शंकटको सामना गर्न सकिने बताउँदै कुल गार्हस्थ उत्पादनको १०७ प्रतिशतको ऋण कसले चलाएको छन् भन्ने प्रश्न समेत गरे ।

यस्तै गभर्नर अधिकारीले अहिले अर्थतन्त्रमा उतारचढाव आउँदा उद्योग व्यवसाय क्षेत्रमा प्रभाव पर्नु स्वभाविक रहेको भन्दै दुई वर्ष अगाडिको भन्दा अहिले निजी क्षेत्र कम्फरटेवल जोनमा नै रहेको धारण राखे ।

यस्तै, गभर्नर अधिकारीले आयात बराबरको विदेशी मुद्रा ल्याउन नसके नेपाल पनि श्रीलंकाकै अवस्थामा पुग्न सक्ने बताए । उनले अत्याधिक आयात गरेर भएको विदेशी मुद्रा सञ्चितिसमेत सिध्याउँदै गएकाले अब आयात बराबरको विदेशी मुद्रा ल्याउन नसके नेपाल पनि श्रीलंकाकै अवस्थामा पुग्ने बताए ।

उनले उद्योगी व्यवसायी लगायत सबैले नेपालमा नै उत्पादन बढाएर आयात नभइ निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने सोच राखेमात्रै मुलुकको अर्थतन्त्र लयमा आउने बताए । गभर्नर अधिकारीले पछिल्लो समय विदेशबाट आएको रेमिट्यान्सले उत्पादन नभइ विदेशबाट नै आयात गर्नाले देशको विदेशी मुद्रा सञ्चितिमा गिरावट आइरहेको बताए ।

‘अब जबसम्म हाम्रो सोच मान्छे बाहिर पठाउने, रेमिटेन्स आएको छ, त्यो पैसाले आयात गरेका छौं, त्यो खाँचो छ, उत्पादन छैन, नेपालमा भएको डलर पनि सिध्याउँदै जान्छौं, आयात बराबर डलर आउने माध्यम बनाउन सक्नुपर्याे नी ? त्यो योजना हाम्रो हुनुप¥यो, त्यति गर्न सकेनौं, त्यो बेलासम्म विदेशी मुद्रा सञ्चिति धमिराले खाएझैं गयो भने हामीलाई भोलि समस्या पर्छ, त्यसकारण हामी सबै शतर्क र सजक रहौं भने हाम्रो अर्थतन्त्रलाई ठाउँमा नै राख्न सक्छौं, जनताले दुःख गरेर ल्याएको सम्पति बैंक तथा वित्तीय क्षेत्रलाई जिम्मा दिएका छन्, त्यसलाई हामीले सही सदुपयोग गरेर आन्तरिक उत्पादन बढाउनतिर लगाउनु पर्याे,’ उनले भने ।

गनर्भर अधिकारीले मौद्रिक नीति जादुको छडी नभएको पनि बताएका छन् । उनले मौद्रिक नीति राष्ट्र बैंकको उद्देश्य अनरुप सन्तुलित र समग्र आर्थिक क्षेत्र समेट्ने गरी ल्याइने बताए । गभर्नर अधिकारीले मौद्रिक नीति बनाउनको लागि सरकारको बजेटले मार्ग दिएको बताए ।

यस्तै, उनले कोभिडको समयमा मौद्रिक नीति सन्तुलित र समग्र आर्थिक क्षेत्र समेट्ने ल्याउन चुनौतीपूर्ण भएपनि राष्ट्र बैंकले ल्याएर सबैका मागलाई सम्बोधन गरेको बताए । उनले राष्ट्र बैंकले ल्याउँदै आएको मौद्रिक नीति कुनै एउटा क्षेत्र, व्यक्तिभन्दा पनि समग्र अर्थतन्त्रको माग अनुसार लिएर आउने गरेको बताए ।

‘वर्तमान मुलुकको अर्थतन्त्रमा देखिएका समस्या वास्तविक सिनारियो हो, दुई वर्ष अगाडिको मौद्रिक नीति ल्याउँदा कोभिडको ठूलो समस्या रहेको थियो, त्योभित्र पनि हामीले लकडाउन भएको अवस्थामा मौद्रिक नीति ल्याएका थियौं, त्यतिबेला सबैले ब्रेडिङ स्पेस खोज्नुभएको थियो, त्यो स्पेस दिनलाई चुनौतीपूर्ण अवस्था थियो, कसरी ल्याउने कसरी समेट्ने र कसरी अर्थतन्त्रलाई चलायमान बढाउने एक खालको चुनौतीपूर्ण अवस्था थियो, त्यो बेला निजी क्षेत्र लगायत सबैको सहयोगले त्यो बेला नीति ल्यायौं, त्यो नीतिले सहयोग ग¥यो र स्पेस दियो,’ उनले भने ।

गभर्नर अधिकारीले गत वर्षको मौद्रिक नीति अर्थतन्त्रको स्थायित्व दिनको लागि ल्याएपनि केही क्षेत्रमा असर परेको स्वीकार गरे । उनले मौद्रिक नीति बनाउँदा वा कुनै काम गर्दा सुधार गर्ने कुरा छोड्यो भने समस्या आउने भन्दै मौद्रिक नीति सुधार भएर आउने संकेत गरे ।

Share News