२०७९ असार ६ गते १८:०७ विकासन्युज
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए राष्ट्रिय गौरवका आयोजनासहित सबै निर्माणका काम रोक्ने चेतावनी दिएको छ । सोमबार विज्ञप्ति जारी गर्दै महासंघले यस्तो बताएको हो ।
यस्तै महासंघले पेट्रोलियम पदार्थमा कर कटौती गर्नुको सट्टा अन्तराष्ट्रिय बजारलाई देखाएर मूल्य वृद्धि गरिनु भनेको उपभोक्ताको ढाड सेक्ने काम भएको बताएको छ ।
महासंघले पछिल्लो पटक पेट्रोलमा एकैपटक प्रति लिटर २१ रुपैयाँ र डिजेल तथा मट्टितेलमा २७ रुपैयाँ मूल्य वृद्धिले अत्यन्त रुग्ण अवस्थामा रहेको निर्माण उद्योग थप आक्रान्त बनेको जनाएको छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.