म्यानपावर र कन्सल्टेन्सीबाट ५७३ जना ठगिए, ११ महिनामा झण्डै १८ हजार उजुरी

  २०७९ असार ६ गते ९:०३     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष ०७८/०७९ को ११ महिनामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा ५७३ वटा गठीकाे उजुरी परेकाे छ ।जसमध्ये म्यानपावरबाट ठगी भएको भनेर २ सय ८० जना, कन्सल्टेन्सीबाट २८ जना र व्यक्तिबाट ठगी भएको भनेर २ सय ६५ जनाले उजुरी परेकाे मन्त्रालयले जनाएकाे छ ।

विदेशबाट शब झिकाउन तथा ढुवानीको लागि १ सय ५७, मृतक परिवारलाई आर्थिक सहायताको लागि १ हजार १ सय २२ र अंगभंग तथा बिमारी भएका व्यक्तिको उद्धारका निम्ति ३८ वटा गुनासा तथा उजुरी आएको मन्त्रालयको कल सेन्टरले जनाएको छ । मन्त्रालयकाे कल सेन्टरमा ११ महिनामा १७ हजार ८ सय ९६ वटा, उजुरी, गुनासाे र सोधपुछ आएको रेकर्ड भएको छ ।

कल सेन्टरमा चालु आवको ११ महिनामा विदेशमा अलपत्र परेको भनि उद्धारको लागि १ सय ५३ जनाले उजुरी टिपाएका थिए । त्यस्तै सेन्टरमा स्वदेश फर्कन चाहेर पनि नपाएको भनेर ६९ जना, विदेशमा गएर काम गर्न नपाएको भनेर ५० जना, काम गरेर तलब नपाएको भनेर ५० जना र एउटा काम भनेर अर्कै काम लगाइदिएको भनेर २२ जनाले उजुरी तथा गुनासो टिपाएका छन् ।

जेल परेको सम्बन्धमा १९, करारमा लेखिएको भन्दा कम तलब पाएको भन्दै १८ जनाले सेन्टरमा उजुरी तथा गुनासो टिपाएका थिए । चालु आवको ११ महिनामा सबै भन्दा धेरै एउटै विषयमा इजरायल कामको विषयमा २ हजार २ सय २७ जनाले सोधपुछ गरेको मन्त्रालयले जनाएको छ ।

One comment on "म्यानपावर र कन्सल्टेन्सीबाट ५७३ जना ठगिए, ११ महिनामा झण्डै १८ हजार उजुरी"

  • Janata says:

    यो आँकडा त उजुरी आएको मात्रै हो । उजुरी नआएको, सहेर बसेको त कति छ ? उजुरी गरेर पनि के गर्नु न्याय पाईने होइन । आफैलाई झन्झट र दुःख हो । बरु, चुप लागेर बस्नु ठीक भन्नेहरुको संख्या यो भन्दा बढी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.