संरक्षित पूँजी फिर्ता कोषबाट १७ करोड ७१ लाख बाँडफाँड, एउटै सहकारीले पायो ५७ लाखसम्म

  २०७९ असार १ गते २०:०१     विकासन्युज

ललितपुर । राष्ट्रिय सहकारी बैंकका एउटै सदस्यले करिब ५७ लाख रुपैयाँसम्म संरक्षित पुँजी फिर्ता कोष बापतको रकम प्राप्त गरेका छन् । बुधबार बैंकले संरक्षित पुँजी फिर्ता कोषबाट सदस्यहरुले पाउने रकमको बाँडफाँड कार्य गरेसंगै एउटै सदस्यले करिब ५७ लाख रकम प्राप्त गरेको हो ।

सहकारी ऐन, २०७४ तथा नियमावली २०७५ को प्रावधान अनुरूप बैंकले सदस्य संघ÷संस्थाले जम्मा गरेको बचत रकमको लागि ४० प्रतिशत र कर्जामा तिरेको ब्याजका लागि ६० प्रतिशत भारको आधारमा कुल १७ करोड ७१ लाख ७४ हजार २ सय १९ रुपैयाँ ५७ पैसा संरक्षित पूँजी फिर्ता कोषको रकम बाँडफाँड गरेको छ ।

संरक्षित पूँजी फिर्ता कोषबाट प्राप्त हुने रकम सम्बन्धित सदस्य सहकारी संघ÷संस्थाको खातामा जम्मा गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले बताए ।

उनका अनुसार बचत र कर्जा कारोबार गर्ने १३,७१२ सहकारी संघ/संस्थाहरु को संरक्षित पूँजी फिर्ता कोषबाट लाभान्वित भएका छन् । बचत र कर्जामा उच्च कारोबार गरी योगदान गरेबापत सबैभन्दा बढी रकम फिर्ता पाउने सदस्यले बचत तर्फ ५६ लाख ५२ हजार तथा कर्जा तर्फ १३ लाख ७८ हजार सम्म प्राप्त गर्न सफल भएको प्रमुख कार्यकारी अधिकृत गुरागाईले बताए ।

“उत्कृष्ट वित्तीय सेवा सहितको सहकारी बैंक” भन्ने परिकल्पनाका साथ अघि बढेको बैंकले संरक्षित पूँजी फिर्ता कोषबाट ५० हजार भन्दा बढी रकम प्राप्त गर्ने सहकारी संघ/संस्थाहरु ६९९ रहेका छन् । हाल बैंकमा करिब १५ हजार भन्दा बढी सदस्य सहकारी संघ संस्थाहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.