‘नागरिकलाई मालिक बनाउने सहकारीमा कर बढाउनु हुन्न, पुनरावलोकन हुन्छ’

  २०७९ जेठ २९ गते १२:१०     विकासन्युज

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले बजेटमार्फत् सहकारीमा बढाइएको कर पुनरावलोकन हुने बताएका छन् ।

आइतबार बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्सकुन) ले आयोजना गरेको चौथो साकोस शिखर सम्मेलनमा बोल्दै उनले सहकारी अर्थतन्त्रको महत्त्वपूर्ण क्षेत्र भएकोले यो क्षेत्रमा कर बढाउन नहुने बताएका हुन् ।

‘सहकारीले नागरिकलाई मालिक बनाएको छ, सर्बसाधरणको क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेलेको ,नागरिकको जीवनमा परिवर्तनको लागि महत्त्वपूर्ण योगदान सहकारीको छ, यो क्षेत्रलाई सरकारको सधैं साथ रहन्छ,’ उनले भने ।

उनले सहकारीलाई सरकारले अधिकतम् सुविधा दिएको, सहकारीलाई राष्ट्रिय उत्पादनसँग जोड्ने प्रयास गरको बताउँदै सरकारल बजेटमार्फत् सहकारीमाथिको कर पुनरावलोकन हुनु पर्ने बताए

उनले सम्बन्धित मन्त्रीसँग समन्वय गरेर कर घटाउने विषयमा आफुले भूमिका खल्ने बताए ।

‘सहकारले सम्पतिमाथिको पहुँच बढाएको छ, घर र समाज सुधार्ने र देश बनाउने अभियानमा सहकारीले महत्त्वपूर्ण भूमिका खलेको छ,’ उनले भने । यस्ते उनले सहकारीको मोडालिटी परिवर्तन गर्नु पर्ने बेलन आएको बताए । उनले अब बचतसँगै खर्चमा पनि ध्यान दिनु पर्ने धारणा राखे ।

उनले बचतलाई उत्पादनमा कसरी प्रोत्साहन र पुँजी गतिशीलतामा कसरी काम गर्न सकिन्छ त्यसतर्फ ध्यान दिनु पर्ने बताए । स्थिरिकरण कोष सहकारीको लागि कोषेढुङ्गा बन्ने उनले बताए । उनले सरकार सहकारीप्रति सकारात्मक छ रहेको बताउँदै सहकारी अभियानमा सरकार साथमा रहेको धारणा राखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.