नेपाल फाइनान्सको नयाँ शाखा पालुङटारमा

  २०७९ जेठ १८ गते १५:२३     विकासन्युज

काठमाडौं । नेपाल फाइनान्सले आफ्नो बाह्रौं शाखा कार्यालय गोरखा जिल्लाको पालुङटार न.पा.वडा नं. ५ ठाँटीपोखरीमा शुभारम्भ गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन संस्थाका संचालक द्रिपश शाक्यले गरेका थिए ।

नेपाल फाइनान्स निजि क्षेत्रको लगानीमा नेपालको पहिलो फाइनान्स कम्पनीको रुपमा वि।स। २०४९ सालमा स्थापना भएको वित्तीय संस्था हो । यसले हाल काठमाडौ महानगरपालिका–२८ कमलादीमा केन्द्रिय कार्यालय सहित न्युरोड, ललितपुरको पुल्चोक र लगनखेल, काभ्रेपलाञ्चोकको बनेपा, रुपन्देहीको मुर्गिया र तिलोत्तमा, नवलपुरको गैंडाकोट, कास्कीको माछापुच्छ्रे, धनुषाको धनुषाधाम र मकवानपुरको हेटौडामा शाखा कार्यालय संचालनमा ल्याइसकेको छ ।

यसका साथै फाइनान्सले काठमाडौंको कान्तिपथ र कालिमाटीमा विस्तारित काउण्टरको सेवा प्रदान गरिसकेको संस्थाका प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलियाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.