नेपाल इन्स्योरेन्सको सीईओमा महर्जन नियुक्त, आजैदेखि कार्यभार सम्हाल्ने

  २०७९ जेठ १८ गते ९:५७     विकासन्युज

काठमाडौं । नेपाल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा वीरकृष्ण महर्जन नियुक्त भएका छन् । जेठ १७ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले महर्जनलाई रिक्त रहेको सीईओ पदमा नियुक्त गरेको हो ।

हाल इन्स्योरेन्समा कामु सीईओको कार्यभार सम्हालेका महर्जनले अब जेठ १८ गतेदेखि सीईओको कार्यभार सम्हाल्ने छन् । त्यस्तै, करार सेवामा नियुक्त भएका सीईओ महर्जनले अब आगामी ४ वर्षसम्म इन्स्योरेन्सको सीईआको जिम्मेवारी सम्हाल्ने छन् ।

बीमा क्षेत्रमा २४ वर्षभन्दा बढी अनुभव भएका महर्जनले बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर गरेका छन् । उनी कानूनको स्नातक हुन् । उनले मुम्बईको इन्सुरेन्स इन्स्टिच्युट अफ इन्डियाबाट फेलोसिप पूरा गरेका छन् । उनले जनवरी १९९७ मा भारत सरकारको पूर्ण स्वामित्वमा रहेको जनरल इन्स्योरेन्स कर्पोरेशन अफ इन्डियाको सहायक कम्पनी नेशनल इन्स्योरेन्स कम्पनीमा आफ्नो करियर शुरु गरेका हुन् ।

नेपाल इन्स्योरेन्समा आवद्ध हुनुअघि उनले प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा १४ वर्ष सीईओको रूपमा सेवा गरेका थिए । उनी सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड (एनआईसी एशिया लघुवित्त वित्तीय संस्थामा गाभिएको), नेपाल केन्द्रीय बैंकबाट इजाजतपत्र प्राप्त ’घ’ वर्गको बैंकिङ संस्थाको सञ्चालक समेत पनि थिए । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको निर्देशक थिए । उनी नेपाल बिमा संघका पूर्व उपाध्यक्ष हुन् ।

One comment on "नेपाल इन्स्योरेन्सको सीईओमा महर्जन नियुक्त, आजैदेखि कार्यभार सम्हाल्ने"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.