२०७९ जेठ ९ गते १८:२५ विकासन्युज
काठमाडौं । नबिल बैंकमा नेपाल बंगलादेश (एनबी) बैंक गाभिएपछिको बैंकको प्रमुख कार्यकारी अधिृकत (सीईओ) ज्ञानेन्द्र ढुङ्गाना बन्ने भएका छन् । दुवै बैंकको विशेष साधारणसभाले ढुङ्गानालाई सीईओ बनाउने प्रस्ताव पारित गरेसँगै उनी सीईओमा नियुक्त भएका हुन् ।
गत शनिबार बसेको दुवै बैंकको विशेष साधारणसभाले दुवै बैंक एक आपसमा गाभ्न/गाभिनका लागि अख्तियारी पाएको थियो । सोही सभाले ढुङ्गानालाई सीईओ बनाउने प्रस्ताव पनि पारित गरेको हो ।
एनबी बैंक स्रोतका अनुसार ढुङ्गाना आगामी असार १७ गतेबाट लागू हुने गरी सीईओमा नियुक्त भएका हुन् । नबिल बैंकका हालका सीईओ अनिल केशरी शाहको कार्यकाल सकिएपछि उनी सीईओ बन्नेछन् । अहिले दुबै बैंकलाई एकआपसमा गाभ्न/गाभिनका लागि ढुङ्गानाले महत्वपूर्ण भूमिका खेलिरहेका छन् ।
एनबी बैंक स्रोतका अनुसार सीईओ ढुङ्गाना भएसँगै सो बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा चार जना रहेनछन् । जसमा एनबी बैंकका कार्यवाहक सीईओ भुपेन्द्र पाण्डे, नबिल बैंकका सुजितकुमार शाक्य, विनयकुमार रेग्मी र मनोज ज्ञवाली हुनेछन् । तर, अहिले नै डीसीईओको विषय भने टुङ्गिनसकेको स्रोतको भनाइ छ ।
यस्तै, एनबी बैंकका कर्मचारीहरूको तह भने घट्ने भएको छ । नबिल बैंकमा गाभिएपछि एनबी बैंकका कर्मचारीको सेवा सुविधा सोही कायम गरी तह भने घट्ने सम्झौता भएको छ ।
यस्तो बन्नेछ बैंक
एनबी बैंकलाई गाभेपछि नबिल अधिकांश सूचकमा पहिलो बैंक बन्नेछ । मर्जरपछि नबिल बैंकको चुक्ता पुँजी पौने २३ अर्ब रुपैयाँ पुग्नेछ । अहिले नबिल बैंकको पुँजी १८ अर्ब ४९ करोड रुपैयाँ छ भने नेपाल बंगलादेश बैंकको चुक्ता पुँजी १० अर्ब ८ करोड रुपैयाँ छ ।
नबिलले एनबी बैंकलाई ४३ रुपैयाँमा गाभ्न लागेको हो । यी बैंक मर्ज भएपनि यसअघि मर्ज भएको ग्लोबल आइएमई बैंक नै पुँजीका आधारमा अगाडि हुनेछ । नबिल पुँजीको आधारमा दोस्रो बैंक बन्नेछ ।
हाल नबिल बैंकको निक्षेप २ खर्ब ३४ अर्ब २२ करोड ९९ लाख ४८ हजार र कर्जा २ खर्ब २१ अर्ब ९८ करोड ९३ लाख ५६ हजार रूपैयाँ छ । यस्तै, एनबी बैंकको निक्षेप ८२ अर्ब २ करोड १५ लाख १७ हजार र कर्जा लगानी ७६ अर्ब २० करोड ९३ लाख १५ हजार रूपैयाँ छ ।
हालसम्म बढी लाभांश वितरणमा नबिल बैंक पहिलो बन्दै गएको छ । नबिल बैंकले एनबी बैंकलाई गाभेर अझै पनि आफ्नो स्थान सुरक्षित बनाउने रणनीति छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.
NB is also A grade bank licensed by NRB ie similar to Nabil. Treating employees like gold and iron just due to brand reputation is not wise. I personally find best staffs in NB management rather than Nabil management. This kind of level deduction would be discriminatory. NB staffs should rescind such illegal behaviour.
बैंक तथा वित्तीय संस्थाहरुमा वर्गीयता (“क”, “ख”, “ग” र “घ” वर्ग) को विभेद धेरै देखिन्छ । तर, “क” र “क” वर्गमा पनि विभेद हुने रहेछ । कुनै पनि वर्गले “म यो वर्गको” बैंक तथा वित्तीय संस्थामा काम गर्छु भनेर फूर्ती नगरे हुन्छ । कतिपय “घ” वर्गको संस्थाले नाफामा “क” वर्गलाई पछारेको पछार्यै छ । कुरी कुरी…