समृद्धि फाइनान्सका ग्राहक र कर्मचारीलाई चितवनको भज्जु चुल्होमा विशेष छुट

  २०७९ जेठ ४ गते १५:०९     विकासन्युज

काठमाडौं । समृद्धि फाइनान्स र चितवनमा रहेको भज्जु चुल्हो ९नेवारी खाजा घर० बिच सम्झौता भएको छ । उक्त सम्झौतामा समृद्धि फाइनान्सको तर्फबाट यस संस्थाको चितवन शाखाको शाखा प्रबन्धक विकास सापकोटा र भज्जु चुल्होका संचालक पार्वती श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात समृद्धि फाइनान्सका कर्मचारी तथा खातावालहरुलाई भज्जु चुल्होकमा खाना तथा पेय पदार्थमा ५ हजारसम्मको बिलमा १० प्रतिशत र ५ हजारभन्दा माथिको बिलमा १२ प्रतिशत छुट दिने छ ।

फाइनान्सले मुद्घति निक्षेपमा सर्वाधिक १२.२५ प्रतिशत, र बचत निक्षेपमा अधित्तम १० प्रतिशत सहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको छ । यस फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.