स्मार्टच्वाईस टेक्नोलोजिज र सेलपेबीच स्मार्ट क्यूआर मार्फत भुक्तानी सेवा सम्झौता

  २०७९ जेठ ४ गते १०:१३     विकासन्युज

काठमाडौं । स्मार्टच्वाईस टेक्नोलोजिज र सेलकम प्रालि (सेलपे) बिच स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा संचालनको लागी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा स्माटच्वाईस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र सेलपेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सार्थक छेत्रीले हस्ताक्षर गरेका छन् ।

योसँगै सेलपे प्रयोगकर्ताले सेलपे मार्फत स्मार्ट क्यूआर मर्चेन्टहरुमा भुक्तानी गर्न सक्छन भने सेलपे मार्फत विभिन्न व्यापार—व्यवसायमा संलग्न व्यवसायीहरुले स्मार्ट क्यूआर मार्फत भुक्तानी लिनलाई स्मार्ट क्यूआरको सुविधा लिन सक्नेछन् ।

इएमभि स्ट्याण्डर्डमा जारी गरी फाइनेन्सीयल स्वीच मार्फत कारोबारको भुक्तानी तथा फस्र्योट गर्ने भएकाले स्मार्ट क्यूआर मार्फत भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहन्छ ।

स्मार्टच्वाईस टेक्नोलोजिज र सेलपेबीच भएको यो सहकार्यले भुक्तानी क्षेत्रको समग्र विकासमा थप योगदान पुग्न जाने आशा लिइएको दुवै कम्पनीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.