इसेवा एन्ड्राेइड मोबाईलमा ५२ लाख डाउनलोड, क्यासब्याक अफर सार्वजनिक

  २०७९ जेठ ३ गते १६:२७     विकासन्युज

काठमाडौं । इसेवाको मोबाईल एप्स् एन्ड्राेइड मोबाईलमा डाउनलोड गर्नेको संख्या ५२ लाख नाघेको छ । योसँगै नेपालको फाइनान्सियल सेवामा एन्ड्राेइड ५० लाखको माइलस्टोन हासिल गर्ने पहिलो कम्पनी भएको छ ।

स्थापना भएको १३ वर्षमा इसेवाको मोबाईल एप्स् एन्ड्राेइड मोबाईलमा ५२ लाख र आइओएस मोबाईलमा करिब १० लाख गरि ६० लाख बढि ग्राहकलाई एप्स् मार्फत सेवा प्रदान गरिरहेको छ ।

यस अवसरमा इसेवाले बुधबारका लागि ‘५० लाखको कमाल, क्यासब्याक बबाल’ अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत इसेवा प्रयोगकर्ताले बुधबार हरेक घण्टा ५ प्रतिशतको क्यासब्याक अफर प्राप्त गर्नेछन् भने बेलुकी ५ः५५ देखि ५ः५६ सम्म हरेक ग्राहकले हरेक मोबाईल टपअपमा ५५ रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन् ।

अफर अन्तरगत बिहान ७ बजेदेखि ८ बजेसम्म मनकामना टिकट खरिद, ८ बजेदेखि ९ बजेसम्म कुनैपनि कम्पनीको मोबाईलमा टपअप, ९ देखि १० बजेसम्म डाटा प्याक खरिद, १० देखि ११ बजेसम्म विभिन्न आइएसपीको इन्टरनेट शुल्क भुक्तानी, ११ देखि १२ बजेसम्म ई–लर्निङ्काे शुल्क भुक्तानीमा ५ प्रतिशत क्यासब्याक प्राप्त गर्न सकिनेछ ।

यसैगरि १२ बजेदेखि दिउँसो १ बजेसम्म एयरलाइन्स टिकट, १ देखि २ बजेसम्म ई–कमर्समा सपिङ्ग तथा बिल भुक्तानी, २ देखि ३ बजेसम्म इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, ३ देखि ४ बजेसम्म विद्युत् महशुल भुक्तानी तथा ४ देखि ५ बजेसम्म टेलिभिजन रिचार्ज तथा टपअपमा ५ प्रतिशत क्यासब्याक पाइनेछ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.