एनएलजी योद्धा : जसले कम्पनीको लागि मात्र नभई राज्यले गर्नुपर्ने काम गर्छ

  २०७९ जेठ ३ गते ९:२०     विकासन्युज

निजी क्षेत्रको लगानीमा सञ्चालित नेपालको पहिलो बीमा कम्पनी हो नेशनल लाइफ इन्स्योरेन्स । बीमा समितिले जीवन र निर्जीवन बीमा व्यवसायलाई अलग गरेपछि २०६२ सालमा एनएलजी इन्स्योरेन्स कम्पनी सञ्चालनमा आयो । स्थापनादेखि नै एनएलजीको लक्ष्य थियो बीमितको पहिलो रोजाइको कम्पनी बन्ने । वित्तीय सूचकाङकको आधारमा शीर्ष चौथो वा पाँचौं स्थानमा रहेपछि बीमितको सन्तुष्टि र कर्मचारीको सन्तुष्टिको आधारमा एनएलजी इन्स्योरेन्स पहिलो रोजाइमा रहेको बताउँछन् कम्पनीका प्रमुख कार्यकारी (सीईओ) अधिकृत सुनिल बल्लभ पन्त ।

एनएलजी, नेशनल लाइफ एण्ड जनरल इन्स्योरेन्स (एनएलजीआई) को एक हिस्सा हो । कम्पनीको भिजन नै नेपालको पहिलो रोजाइको बीमाकर्ता बन्ने हो । जसलाई साकार पार्न कम्पनी नयाँ अभ्यासमा जाँदै छ । अर्थात, रिकगनिशन थिममा जाँदै छ । जुन थिम एनएलजीमा नलेज, स्किल्स् र मार्केटिङ्ग वालाहरुको हो ।

कुनै पनि कम्पनीमा एउटा फ्रन्ट अफिस र अर्को ब्याक अफिस हुन्छ । सामान्यतः सबै कम्पनीहरु ब्याक अफिसवालाहरुबाटै रन भइरहेको हुन्छ । तर यसमा एनएलजी इन्स्योरेन्सका सीईओ पन्तको भिन्न मत छ । ब्याक अफिसभन्दा पनि फ्रन्ट अफिस सुचारु गरी आईपर्ने हडल्सहरुको सामना गर्दै अघि बढ्नुपर्ने उनी बताउँछन् ।

‘अफिस फ्रन्ट लाइनरहरुले नै रन गराउनु पर्दछ, उनीहरुले नै संस्थालाई चाहिने विभिन्न रअ म्याटेरियल्स लगायत विभिन्न सामाग्रीहरु जुटाउनेदेखि दिएर म्यानेज गर्नुपर्छ,’ उनले भने- ‘ब्याक अफिसले प्रोसेसिङको काम गर्छ, त्यसैले अहिलेका फ्रन्ट लाइनर वालाहरुमा नलेज हुनुपर्छ, स्किल्स् हुनुपर्छ, मार्केटिङका टुल्सहरुको सबै ज्ञान हुनुपर्छ, बजार एक्स्पान्सन तथा इनोभेसन गर्ने आईडियाज्हरु हुनुपर्छ ।’
फ्रन्टलाइनरको नलेज, स्किल्ड र मार्केटिङ्ग स्कील विकासका लागि एनएलजीले समय सँगसँगै अन्तर्राष्ट्रिय तालिमहरु दिएर यसलाई एकदमै राम्रोसँग डेभलप गरिरहेको सीईओ पन्त बताउँछन् ।

बीमा कम्पनी अन्तर्राष्ट्रिय परिवेश, अन्तर्राष्ट्रिय पुनर्बीमा कम्पनीसँग नै सम्बन्धित छ, अन्तर्राष्ट्रिय परिवेशमा कम्पनीलाई कसरी लैजाने, उनीहरुसँगको सम्बन्ध कसरी सुधार गर्ने र आफूमाथिको विश्वसनीयता कसरी कायम गराउने भन्ने बीमा कम्पनीहरुमा परिरहन्छ । बीमा कम्पनीहरुले यो मेन्टन गर्न सकेनन् भने केही नै गर्न नसक्ने पन्तको भनाई छ ।

‘अन्तर्राष्ट्रिय पुनर्बीमा कम्पनीलाई हामीमाथि विश्वास भएन भने हामी यहाँ केही पनि गर्न सक्दैनौं, एकदमै जिरो, बैंकको जस्तो होइन, हामी केही गर्नै सक्दैनौं,’ उनले भने । त्यसैले यो सब गर्नको लागि कम्पनीले अर्को वारियर कम्प्याक्ट भन्ने थिम २०७९ देखि अगाडि बढाउँदै छ । जसमा सबै चिज (अल इक्विप्ट) छ ।

के के कम्पोनेन्ट हुन्छ ?

यसमा सबैभन्दा पहिला बजारीकरणको प्रचुर मात्रामा नलेज हुन्छ । बजारीकरण गर्ने क्रममा यसलाई पुनर्बीमामा कसरी ढालिन्छ । पुनर्बीमामा त्यसको इम्प्याक्ट के के पर्छ भन्ने कुरामा सबैभन्दा घनिभूत नलेज हुनु पर्छ ।

‘कुनै पनि बीमाको पुनर्बीमा हुन सक्छ की सक्दैन, हुन सक्यो भने कसरी हुन्छ ? दररेट कति हुन सक्छ ? टर्म एण्ड कण्डिसन के छ ? यो व्यवसाय लिँदा पुनर्बीमा कम्पनीले कसरी हेर्छ, यो सबैको कम्पोनेन्ट हुन्छ,’ उनी बताउँछन् । र, व्यवसाय दिइसकेपछि अर्थात पोलिसीका टर्म एण्ड कण्डिसनले बीमितहरुको आवश्यकता पुरा हुन्छ की हुँदैन र त्यो ट्रम एण्ड कण्डिसन बीमितहरुलाई बुझाउन सक्ने सामर्थ्य अहिलेको बीमा कम्पनी अर्थात कर्मचारीमा आवश्यक रहेको पन्तको भनाई छ ।

‘बीमा गर्दा के के पाउँदैनौं भनेर बुझाउन सक्ने सामर्थ्य चाहिन्छ, किनभने बीमामा पाउँदैनौं भनेर भन्यो भने कसैले पनि बीमा गर्दैन,’ प्रष्ट पादै उनले भने । यी सबै कम्पोनेन्टमा काम गरिसकेपछि यदि दावी आयो भने क्षतिपूर्ति दिन बीमा कम्पनीले वा ब्याक अफिसरले सहज तरिकाले सेटल गर्न सक्ने प्रकृया डेभलप गर्न सकिने उनी बताउँछन् । सीईओ पन्तका अनुसार जसले कम्पनीलाई ड्राइभ गर्छ उही पाइलटलाई नै एनएलजीले योद्धा (वारियर) रुपमा चिनाउने छ ।

वारियर कम्प्याक्ट

‘वारियर कम्प्याक्टमा साइकोलोजिकल वारफेयर (मनोवैज्ञानिक युद्ध) हुन्छ । यसमा हामीले कसैलाई हराउन खोजेका छैनौं, कसैको कम्पिटिटर बन्न खोजेको होइन, यसले समग्रमा विकास गर्न खोजेको हो । ठ्याक्कै भन्नुपर्दा, तीनवटा कुराको विकास गर्न खोजेको हो,’ उनले भने- ‘एउटा, पहुँच नपुगेको ठाउँमा पहुँच पुर्याउने । दोश्रो, राज्यको आवश्यकता र राज्यको बीमा नीति अनुसार पशु तथा बाली बीमामा फोकसमा सहयोग गर्ने । अर्को, यदि ठूलै आपत् विपत् पर्यो भनेदेखि राज्य एक्लैले खटिन नपरोस्, राज्य एक्लै नखटिनको लागि बीमा उद्योगले समग्रमा के गर्नुपर्छ, कसरी अगाडि बढ्नुपर्छ, कसरी एकजुट हुनुपर्छ, भन्ने कुराको विकास गर्छ ।’

एनएलजीले अनुचित अभ्यासलाई छोडि नै सकेको छ । केही वर्ष अगाडिका केही अनुचित अभ्यास थिए त्यसलाई क्रमशः तीन वर्षदेखि नै निरुत्साहित गर्दै एनएलजीले डाल्दै ल्याएको छ । कम्पनीको ज्ञान र सीपले बीमा उद्योगलाई अगाडि बढाउने भन्ने लक्ष्यका साथ सो गरिएको हो ।

‘यसको लागि माइन्ड सेट चेञ्ज गर्नुपर्छ, माइन्ड सेट चेञ्ज नगरी हामीले आजको भोलि नै यो कार्य सम्पन्न गर्न सक्दैनौं, यो अभ्यास एनएलजीले तीन वर्ष अगाडिदेखि नै शुरु गरेको छ, र, अब रेसमा दौडन सक्ने किसिमको क्यापेवल भएकाले यसलाई एउटा वारियरको रुपमा अगाडि बढाउने छ,’ पन्त भन्छन् ।

एनएलजी वारियरले तीन काम गर्छ । एउटा, पहुँच नपुगेको ठाउँमा पहुँच पुर्याउने । दोश्रो, राज्यको आवश्यकता र राज्यको बीमा नीति अनुसार पशु तथा बाली बीमामा फोकसमा सहयोग गर्ने । अर्को, यदि ठूलै आपत् विपत् पर्यो भनेदेखि राज्य एक्लैले खटिन नपरोस्, राज्य एक्लै नखटिनको लागि बीमा उद्योगले समग्रमा के गर्नुपर्छ, कसरी अगाडि बढ्नुपर्छ, कसरी एकजुट भएर काम गर्छ ।

अन्यभन्दा फरकको ‘बण्डलिङ’

एनएलजीले अन्यभन्दा फरक किसिमको ‘बण्डलिङ’ गरेको छ । एनएलजीले बजारमा गएर जसरी नी व्यवसाय ल्याउ भनेको छैन । तिमीलाई यो व्यवसाय गर्दा यति जोखिम हस्तान्तरण हुन्छ, र यो जोखिम आफूले लिँदा र अरु बीमितले हस्तान्तरण गर्दा, त्यसको शर्तहरु र त्यसको उपयोगिता के हुन्छ, भन्ने किसिमको पूर्ण जानकारी दिएको अवस्थामा मात्र र त्यो एसेप्ट (स्वीकृत) भयो भने मात्र त्यो बीमितले बीमा गर्ने जुन हाम्रो कार्यशैली छ, त्यहि नै हाम्रो बण्डलिङ हो ।

नियामकले दिएको केही नियम र शर्त छ त्यसमै रहेर बीमा गर्न कोही इच्छुक छ, बीमा गर्ने, नभए नगर्ने । सुन्दा अलिकति असहज जस्तो लाग्छ । व्यवसाय कहाँ गएर खोज्नुहुन्छ भन्ने हुन्छ, एनएलजीको थप प्रकृया के हो । कोही बीमित फिट हुनुहुन्छ भने बीमा गर्ने, होइन भने नगर्ने ।

हाम्रो थप प्रकृया भनेको विशुद्ध नलेज मात्रै हो । अहिले अस्वस्थ प्रतिस्पर्धा गरेर बीमा क्षेत्र अगाडि बढी राख्ने हो भने यो दिगो हुँदैन । यसले दुःखी पार्ने भनेको बीमितहरुलाई नै हो ।

कसरी ?

अहिलेको जुन नन् ट्यारिफ गाइडलाइन आएको छ, त्यसले सबैभन्दा दुःखी कसलाई बनाएको छ ? पक्कै पनि बीमितहरुलाई नै । हामीले त्यस्तो कुनै पनि आज भोलि र पछि पनि बीमितलाई दुःखी बनाउने कार्य गर्नुहुँदैन । रिजनेबल, सस्टिनेबल र लजिक हिसावको कार्य गरेर बीमितलाई विश्वास दिलाउनु पर्यो । आज बीमितहरु साह्रै पीडामा छन् । एक रुपैयाँ तिर्थे भने आज ३ साढे ३ रुपैयाँ तिर्न बाध्य छन् । त्यो हामी (बीमा कम्पनी) हरुले गर्दा नै हो । यत्तिको धेरै अनहेल्दी नभईदिएको भए १ को ठाउँमा २ रुपैयाँ मात्र तिर्थे होला । आज सबैजनालाई असहज परिस्थिति भइरहेको छ ।

एनएलजीको परिवर्तनले रुपान्तरण र उपलब्धी

एनएलजीको परिवर्तनले ल्याएको रुपान्तरण भनेको सबैलाई बीमाप्रति आकर्षित गर्ने, जुन बीमालाई हेर्ने दृष्टिकोण नै परिवर्तन गर्ने, बीमालाई राम्रो दृष्टिकोणले हेरिँदैन, यो दावी नदिने संस्थाको रुपमा हेरिन्छ । हरेक तह तप्काबाट राज्य लगायत अन्य क्षेत्रबाट हेर्दा बीमाले खाली प्रिमियम मात्रै लिन्छ, परेको बेलामा दावी लिनलाई झण्झटिलो छ भन्ने सोचलाई रुपान्तरण गर्ने हो ।

बीमा नै एउटा यस्तो असल साथी रहेछ, जसले आफ्नो आर्थिक क्षति हुँदा उसले तोकिएको, भनिएको, लेखिएको शर्त अनुसारले आर्थिक सहयोग गर्छ भन्ने किसिमको समाजलाई प्रत्याभूति दिलाउनु रुपान्तरण हो ।

कम्पनीको लागि उपलब्धि भनेको कम्पनीले अहिले दावी भुक्तानी गर्नको लागि एकदमै असहज भएको छ, कहिले कहिले नियम कानुनभन्दा फरक ढंगले सेटल गर्नुपर्ने दबाब, र त्यसले झेल्नु पर्ने कठिनाईहरु स्वस्फूर्त रुपले हुन्छ, त्यसमा पनि दावी फर्स्यौट हुने अवस्था सृजित भयो भने मानव पुँजी असाध्य नै रमाउँछ यो काम गर्नलाई, उद्योगहरुमा काम गर्न रमाउँछ, जसले गर्दा हाम्रो स्वच्छ किसिमको बीमा व्यवसायमा कम्पनीले पनि लाभ सृजना गर्ने अवसर हुन्छ ।

बीमा समितिको साथको खाँचो

बजारमा नयाँ प्रयास गर्दै जाँदा मार्केटले नै लतार्ने अर्थात पछि पार्ने जोखिम छ । साथ सहयोग हुँदैन । एनएलजीलाई पनि बजारले पछि पार्ने सम्भावना धेरै छ ।

‘यो अवस्थामा सबैभन्दा ठूलो साथ रेगुलेटरको र दोश्रोमा पत्रकार साथीहरुको, जसले सत्य तथ्य समाचार सम्प्रेषण गरिदिन्छ । मिडियाले सम्प्रेषण गरेको अस्वस्थ अभ्यास नै बीमा समितिबाट एउटा केही नियम कानुनको निर्देशन जारी हुन्छ, र केही हदसम्म ती चिजहरु निरुत्साहित बन्छ, जुन हामीले महसुस गर्यौं, त्यसको लागि धेरै लामो समय पनि लगाउनु परेन, हामीहरुले यो साढे २ वर्षमा सक्षम सबल बनाउनको लागि इनहाउस ब्रेन स्ट्रोमिङ्ग र मसल पावर डेभलप गर्यौं,’ उनले भने ।

साढे २ वर्षको अभ्यास

कम्पनीले सबैभन्दा पहिला कर्मचारीहरुलाई रुपान्तरण गर्यो । जसमा कम्पनीले बीमा के हो ? र बीमाले कसरी काम गर्छ भन्ने मात्र उचित व्याख्या गरेर माइन्ड सेट गरायो । यसमा कम्पनीलाई बढी काम लाग्यो । अरुले लतारेर हिडिरहेको अवस्थामा व्यक्तिगत कर्मचारीका आ-आफ्नो व्यवसाय खस्किने । जसले उनीहरुको करियरमा असर गरेको पाइयो ।

लतारिने र अस्वस्थ अभ्यास भनेको केही समय मात्र रहन्छ । बीमा कम्पनीहरुले पोलिसी र ट्रमस् एण्ड कण्डिसन भित्र रहेर मात्र ग्राहकसँग कुरा गर्यो भने आज विश्वास नगरेका ग्राहकले भोलि त अनिवार्य विश्वास गर्छ । यसमा पूर्ण विश्वास छ ।

एनएलजीमा कूल ४०० जना कर्मचारी छन् । जसमध्ये कम्पनीले फ्रण्ट लाइनरहरु (एक तिहाई) लाई सशक्तिकरण गराउनेदेखि लिएर उनीहरुको लेबलिङलाई मेन्टेन गर्दै लगेको छ । यी सबै गर्न कम्पनीले आवश्यक परेको खण्डमा विदेशी कम्पनी तथा पुनर्बीमा कम्पनीहरु र ३० वर्षदेखि सँगसँगै सहकार्य गर्ने ब्रोकरहरुसँग सल्लाह लिइरहेको छ ।

‘ओनरशीप छिटो दिने कम्पनीको विशेषता छ, तपाईं जे पनि प्रडक्ट लिएर आउनुस्, संस्थाको कर्मचारीले ओनरशीप लिइहाल्छ, जुन सबैभन्दा ठूलो स्ट्रेन्थ हो,’ विश्वासका साथ पन्त भन्छन् ।

नयाँ अभ्यास ‘पीडादायी’

नयाँ अभ्यास कार्यान्वयन गर्ने दौरानमा कम्पनीले पीडादायी नतिजा पाएको कम्पनीले बताएको छ ।

‘नतिजा कम्पनीलाई पेनफुल छ, तर हामी हाम्रो लक्ष्यमा पुगि नै रहेका छौं, जुन हामीले निर्धारित गरेका छौं,’ उनले भने, ‘कुनै पनि नयाँ कामको अभ्यास गर्दा र बजारमा अस्वस्थ पतिस्पर्धा भइरहेको अवस्थामा यी कुराहरु मान्न तयार नै हुँदैनन्, सबैभन्दा चुनौति त्यहाँ देखिन्छ, किनभने अरुसँग तुलना गरिन्छ, जुन काम पहिला सहज तरिकाले भइरहेको थियो, अहिले त्यसलाई बढी मेहेनत लाउनु परेको छ, नलेजलाई फैलाउने गुर्न परेको छ, जुन संसारकै सबैभन्दा गाह्रो काम, असाध्य नै गाह्रो ।’

भइरहेको सिस्टमबाट अर्को सिस्टममा जान खोज्दा कम्पनीलाई नै गाह्रो हुने छ । एनएलजीका कर्मचारीहरुलाई कम्पनी छोडौं छोडौं जस्तो भएको थियो । र, पनि कम्पनीमा खासै ट्रनओभरको समस्या छैन । करारमा रहेका कर्मचारीको ट्रनओभर २/३ प्रतिशत होला तर स्थायी कर्मचारीमा नभएको कम्पनीको दावी छ ।

यो अभ्यासमा जाँदा मानव संसाधन परिचालनमा कम्पनीको कर्मचारी खर्च भने बढेको छ । चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा कम्पनीको कर्मचारी खर्च ४४ प्रतिशतले घटेको देखिन्छ ।

‘जब एउटा प्रकृयामा जान खोज्छौं, कर्मचारीहरुको भविष्यलाई सूनिश्चित छ भन्नेको प्रत्याभूति दिलाउनु पर्ने हुन्छ, यसमा कष्टभन्दा पनि टाइम कष्ट बढी खर्च भएको छ,’ उनी भन्छन् ।

एनएलजी आगामी तीन वर्ष भित्रमा आफ्नो लक्ष्य पुरा गर्ने अठोटका साथ अघि बढीरहेको छ । ‘कम्पनीले सोचेको जस्तो लक्ष्यमा पुग्न ३ वर्ष लाग्छ, जसरी आज पोलिसी के हो र कुनै पनि सम्पत्तिको बीमा गर्दा प्रिमियम कति हुन्छ भनेर मोबाइल एप अर्थात कुनै टुलस्बाट हेरेर निकाल्न सक्छौं नि, त्यस्तैगरी, कुनै पनि क्षति हुँदा मेरो कति क्षति आउँछ भनेर आफैले हेर्ने हुनुपर्छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

X