२०७९ वैशाख ३१ गते १०:१६ विकासन्युज
काठमाडौं । शुक्रबार सम्पन्न निर्वाचनअन्तर्गत काठमाडौ महानगरपालिकाको मतगणना सुरु भएको छ । शनिबार बिहान १० बजेदेखि प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा मतगणना सुरु भएको हो ।
सर्वदलीय बैठकपछि काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको हो । मतगणना सुरु गर्ने निर्णयसँगै मतपेटिका खोलेर मत मिलाउने काम सुरु भएको छ ।
काठमाडौं महानगरपालिका वडा नं १ नक्सालको मतगणना सुरु भएको हो । तीन लाख बढी मतदाता रहेको महानगरमा एक लाख ८९ हजार मत खसेको काठमाडौं जिल्ला निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले जानकारी दिए ।
यस्तै सुरुमा वडा नं १ र ३२ को मत गणना गरिने निर्वाचन अधिकृत पौडेलले जानकारी दिए । शुक्रबार सम्पन्न निर्वाचनमा महानगर क्षेत्रमा ६३.४९ प्रतिशत मत खसेको थियो ।
काठमाडौं महानगरपालिकामा एमालेका केशव स्थापित, गठबन्धनबाट कांग्रेसकी सिर्जना सिंह, स्वतन्त्र उम्मेदवार वालेन्द्र साह, विवेकशील साझाबाट समीक्षा बास्कोटालगायत ५६ जना मेयरका उम्मेदवार रहेका छन् ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.