प्रधानमन्त्रीदेखि अर्थमन्त्रीसम्म : कुन नेताले कुन ठाउँबाट गरे मतदान ? (फोटोफिचर)

  २०७९ वैशाख ३० गते ११:५०     विकासन्युज

डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रूवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रमा मतदान गर्दै प्रधानमन्त्री देउवा ।

काठमाडौं । आज देशभर स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनमा मतदानका लागि राजनीतिक दलका शिर्ष नेताहरु आफ्नो गृह जिल्लाको मतदान केन्द्रमा गएर मतदान गरिरहेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सूर्यविनायकस्थित महेन्द्रशान्ति विद्यालयमा मतदान गर्दै ।

गृहमन्त्री बालकृष्ण खाँण रुपन्देहीको तिलोत्तमा — ८ स्थित ज्योति आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्दै ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल स्थानीय तह निर्वाचनका उम्मेदरवारलाई ललितपुर महानगरपालिका वडा नं २ को रामन्दिरस्थित राजतीर्थ ‘ख’ मतदान केन्द्रमा मतदान गर्दै ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल रौतहटको गौरको रामजनकी कन्या विद्यालयबाट मतदान गर्दै ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भरतपुर महानगरपालिका– १४ मा रहेको नेपाल पुलिस स्कुल मतदान केन्द्रमा स्थानीय तह निर्वाचनको उम्मेदवारलाई मतदान गर्दै ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका–५, सेरीगाउँस्थित यमुनानन्द नमुना माविको ‘क’ मतदान केन्द्रमा मतदान गर्दै अर्थमन्त्री जनार्दन शर्मा ।

राप्ती नगरपालिका –५, भण्डारा अस्पतालको मतदान केन्द्रबाट मतदान गर्दै नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डे ।

काठमाडौं महानगरपालिकाको प्रमुखका उम्मेदवार सिर्जना सिंह काठमाडौं महानगरपालिका–१६, पकनाजोलस्थित नेपाल युवक माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्दै ।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौँ महानगरपालिका–१६, पकनाजोलस्थित नेपाल युवक माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्दै ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापाको गृहनगर मेचीनगर नगरपालिकास्थित कविशिरोमणि मावि मतदान केन्द्रमा मतदान गर्दै।

महाकाली नगरपालिका –५ को अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयको मतदान केन्द्रमा मतदान गर्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू ।

स्थानीय तह निर्वाचनका लागि शुक्रबार तनहुँको व्यास नगरपालिका–२ स्थित सत्यवती मावि मतदान केन्द्रबाट मतदान गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल ।

नेकपा एमालेका उपाध्यक्ष बिष्णुप्रसाद पौडेल स्थानीय तहको निर्वाचन २०७९ का लागि शुक्रबार बुटवल उपमहानगरपालिका वार्ड नं ८ स्थित मतदान केन्द्रमा मतदान पश्चात मतपेटिकामा मतपत्र खसाल्दै ।

एमालेबाट काठमाडौंको मेयरमा उम्मेदार बनेका केशव स्थापित काठमाडौंको पद्मकन्या क्याम्पसमा मतदान गर्दै ।

ललितपुर महानगरपालिकाका प्रमुख पदका उम्मेदवार चिरीबाबु महर्जन ललितपुर महानगरपालिका–३ स्थित मोडल आइडल विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्दै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.