एभरेष्ट बैंकको मोबाइल एपमा ‘नेपाल पे क्यूआर’ एकीकृत

<p>काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप, इबिएल टच २४ मा &#8216;नेपालपे क्यूआर&#8217; लाई एकीकृत गरेको छ । यससँगै ग्राहकहरूले अब विभिन्न भुक्तानी गेटवेमा उपलब्ध &#8216;नेपालपे क्यूआर&#8217; मार्फत भुक्तानीहरू गर्न सक्नेछन् । एभरेष्ट बैंकले &#8216;नेपालपे क्यूआर&#8217; को लागि व्यवसायहरू प्राप्ति गर्न पनि पहल गरेको छ। हाल एभरेष्ट बैंकले आफ्ना ११५ शाखा, ३१ राजश्व [&hellip;]</p>

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप, इबिएल टच २४ मा ‘नेपालपे क्यूआर’ लाई एकीकृत गरेको छ ।

यससँगै ग्राहकहरूले अब विभिन्न भुक्तानी गेटवेमा उपलब्ध ‘नेपालपे क्यूआर’ मार्फत भुक्तानीहरू गर्न सक्नेछन् । एभरेष्ट बैंकले ‘नेपालपे क्यूआर’ को लागि व्यवसायहरू प्राप्ति गर्न पनि पहल गरेको छ।

हाल एभरेष्ट बैंकले आफ्ना ११५ शाखा, ३१ राजश्व सङ्कलन काउन्टर, १५० एटीएममार्फत बैंकिङ सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

Share News