कुमारी बैंकको सीईओमा रामचन्द्र खनाल नियुक्त

  २०७९ वैशाख १३ गते १९:४२     विकासन्युज

काठमाडौं । कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रामचन्द्र खनाल नियुक्त भएका छन् । यसअघि बैंकको कामू सीइओको रुपमा कार्यरत उनी बैंकको सीईओमा नियुक्त भएका हुन् ।

मंगलबार बसेको सञ्चालक समितिको बैठकले बुधबारदेखि लागू हुने गरेर ४ वर्षको लागि सीईओ बनाएको बताइएको छ । उनी कामु सीईओ बनेको साढे दुई महिनामै सीईओ बनेका हुन् ।

बैंकले माघ २४ मा खनाललाई कामू प्रमुख कार्यकारी अधिकृतको जिम्मा दिएको थियो । खनाल चार्टर्ड एकाउन्टेन्ट हुन् । उनीसँग करिब डेढ दशक बैंकिङ क्षेत्रमा काम गरेकाे अनुभव छ । उनले एनआईसी एसिया क्यापिटलमा सीईओको रुपमा पनि काम गरिसकेका छन् भने सिद्धार्थ बैंकमा पनि काम गरेकाे उनीसँग अनुभव छ ।

साढे २ महिनाको अवधिमा कामु सीइओको रूपमा काम गर्दा कुमारी बैंकको तेश्रो त्रैमासमा राम्रो प्रगति भएको तथ्यांकले देखाउँछ । त्यसकारण पनि बैंक सञ्चालक समितिले उनीमाथि विश्वास गरेर सीइओको जिम्मेवारी सुम्पेको हो ।

बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिनाको तथ्यांक अनुसार बैंकले १ अर्ब ८० करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । त्यस्तै, चुक्ता पूँजी ६ प्रतिशत बढेको छ भने जगेडा कोष १०.४७ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप संकलन १३.४२ प्रतिशतले र कर्जा लगानी १३.०८ प्रतिशतले बढेको छ।

कुमारी बैंकका तत्कालीन कायममुकायम प्रमुख कार्यकारी अधिकृत अनुजमणी तिमल्सिना र नायव प्रमुख कार्यकारी अधिकृत मनिस तिमल्सिना बैंकबाट बाहिरिएपछि उनले कामु सीईओको जिम्मेवारी पाएका थिए । उनीहरुले स्वेच्छिक अवकास लिएर बैंकबाट बाहिरिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.