मोटरहेडको बाइक किन्दा तुलाधरले पाए एक लाख

<p>काठमाडौं । मोटरहेडको आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिले दशैं, तिहार र छठमा खुला गरेको लक्की ड्रको पुरस्कार राशि आज सार्वजनिक गरेको छ । काठमाडौंमा एक कार्यक्रमका बीच कम्पनीले चिठ्ठामार्फत नगद पुरस्कार पाउने तीन भाग्याशाली विजेता घोषणा गरेको हो । जस अनुसार बम्पर उपहारमा सबैभन्दा धेरै रकम सुभेन्दु रत्न तुलाधरले एक लाख रुपैयाँ पाएका [&hellip;]</p>

काठमाडौं । मोटरहेडको आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिले दशैं, तिहार र छठमा खुला गरेको लक्की ड्रको पुरस्कार राशि आज सार्वजनिक गरेको छ ।

काठमाडौंमा एक कार्यक्रमका बीच कम्पनीले चिठ्ठामार्फत नगद पुरस्कार पाउने तीन भाग्याशाली विजेता घोषणा गरेको हो । जस अनुसार बम्पर उपहारमा सबैभन्दा धेरै रकम सुभेन्दु रत्न तुलाधरले एक लाख रुपैयाँ पाएका छन् । उनले धोबिघाट शोरुमबाट मोटरहेडको एमएज १५० मोटरसाइकल खरिद गरेका थिए ।

त्यस्तै बालाजु शोरुमबाट टेक्कन २५० खरिदकर्ता दयाबुद्ध मगरले ५० हजार रुपैयाँ र टेकु शोरुमबाट स्क्रयाम्ब्लर २५० खरिदकर्ता सुशान्त पौडेलले नगद २५ हजार रुपैयाँ जितेका कम्पनीले जनाएको छ ।

कार्यक्रममा एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिका डाइरेक्टर तथा अन्य स्टाफहरूको उपस्थिति थियो ।

Share News