मोटरहेडको नयाँ वर्ष अफर : २ लाखसम्म जित्न सकिने

  २०७८ चैत १६ गते १६:१५     विकासन्युज

काठमाडौं । एड्भेन्चर सेग्मेन्ट मोटरहेड बाइकको आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड ट्रेड ले नयाँ वर्ष २०७८ का लागि विभिन्न अफर ल्याएको छ ।

कम्पनीले चैत १५ गतेदेखि बैशाख ३१ गतेसम्मका लागि ‘स्क्रयाच एण्ड क्याच द क्यास’ अफर ल्याएको हो । सो अफर अन्तरगत तोकिएको समयमा मोटरहेडको नयाँ बाइक खरिद गर्दा ७ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म स्क्रयाच मार्फत छुट पाउन सकिनेछ । यस्तै, स्क्रयाचमा सहभागी ग्राहकमध्येबाट कम्पनीले एक जनालाई २ लाख ७ हजार ९०० रुपैयाँ पुरस्कार स्वरुप प्रदान गर्ने जनाएको छ ।

देशका मुख्य मुख्य ठाउँमा रहेका मोटरहेडका निजी तथा डिलर मातहतका शोरुमहरुमा यो अफर उपलब्ध रहनेछ । कम्पनीले सिधै नगद छुट भन्दा स्क्रयाचमा ग्राहकको छुट्टै उत्साह रहेको भन्दै सो अफर ल्याईएको जनाएको छ ।

मोटरहेडको हाल ७ वटा विभिन्न परिमार्जित मोडलहरु रहेको र १७ वटा मुख्य सहरहरुमा सेल्स/सर्भिस/स्पेयर को सुविधा सहित डिलर रहेको छ । साथै बिक्रि पछिको सेवालाई चुस्त दुरुस्त तुल्याउन कम्पनीले मुख्य मुख्य राजमार्गमा आधिकारीक मर्मत केन्द्रको पनि विस्तार गर्दै आएको छ ।

हाल तीन लाख ५ हजार रुपैयाँदेखि, ४ लाख ५५ हजार रुपैयाँसम्म्का मोटरहेडका बाइकहरु कम्पनीले बिक्री वितरण गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.