लुम्बिनी जनरलको प्रायोजनमा सम्पन्न गल्फ प्रतियोगिताको उपाधि सशीविक्रम र तारालाई

  २०७८ चैत १५ गते १७:४६     विकासन्युज

काठमाडौं । काठमाडौंको त्रिभुवन विमानस्थल परिसरमा रहेको रोयल नेपाल गल्फ कोर्समा सम्पन्न पुरुष गलफ प्रतियोगिताको उपाधि नेपाली सेनाका भूतवूर्व कर्णेल सशीविक्रम सिंहले जितेका छन् ।

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको प्रायोजनमा दुईदिने ओपेन गल्फ प्रतियोगितामा महिलातर्फ उपाधि तारा कार्की चित्रकारले जितेकी छन् । लुम्बिनी जनरल इन्स्योरेन्सले सामाजिक उत्तरदायित्व अन्तर्गत दुई दिने ओपन गल्फ टुर्नामेन्टको प्रायोजन गरेको हो

प्रतियागितामा पुरुषतर्फको फर्स्ट रनर अप अतिरिक्त प्रहरी महानिरिक्षक हरिबहादुर पाल भए । त्यस्तै ग्रस विनरमा सुरुज श्रेष्ठ, सिनियर विनरमा मेजर जनरल विजय मोक्तान, सिनियर फर्स्ट रनरअपमा सनप्रसाद प्रधान र होल इन वान होल नम्बर ६ को उपाधि जयवीर आचार्यले जितेका छन् ।

त्यस्तै महिलातर्फको फर्स्ट रनर अपको उपाधि रेखा घिमिरेले जितेकी छन् । जुनियर विनर गर्ल्सको उपाधि इष्टेना टण्डन, जुनियर महिला फर्स्ट रनर अपको उपाधि अन्वद्या मल्लले जितेकी छन् ।

उक्त प्रतियोगितामा १०० जना खेलाडीहरू सहभागी थिए । सहभागी विजेता खेलाडीहरूलाई विभिन्न १६ विद्यामा पुरस्कार तथा पदकहरू वितरण गरिएको छ ।

समापनका अवसरमा आयोजित पुरस्कार वितरण समारोहमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीअध्यक्ष मनोहर दास मुलले अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त रहेको गल्फ प्रतियोगिताको माध्यमबाट खेलकुदको विकासमा योगदान गर्ने उद्देश्यले सन् २०१८ र २०१९ मा पनि प्रायोजन गरेको जानकारी दिए ।

2 comments on "लुम्बिनी जनरलको प्रायोजनमा सम्पन्न गल्फ प्रतियोगिताको उपाधि सशीविक्रम र तारालाई"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.