प्रतितोला १३ सय रुपैयाँ घट्यो सुनको मूल्य

  २०७८ चैत १५ गते ११:२५     विकासन्युज

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य तोलामा १३ सय रुपैयाँ घटेको छ ।

सोमबार एक लाख ५०० रुपैयाँमा कारोबार भएको सुन आज ९९ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन भने ९८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर एक हजार ३७० रुपैयाँ कायम भएको छ । सोमबार एक हजार ३८० रुपैयाँमा किनबेच भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.