लुम्बिनी जनरल इन्स्योरेन्सको प्रायोजनमा गल्फ टुर्नामेन्ट हुँदै, विजेतालाई १५ विधामा पुरस्कार

  २०७८ चैत ९ गते १७:११     विकासन्युज

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको प्रायोजनमा ‘ओपन गल्फ टुर्नामेन्ट २०२२’ हुने भएको छ । कोरोना संक्रमणको कारणले गत दुई वर्षदेखि हुन नसकेको उक्त गल्फ टुर्नामेन्ट आगामी चैत ११ गतेदेखि हुन लागेको हो ।

इन्स्योरेन्सले बुधबार एक पत्रकार सम्मेलन गर्दै उक्त प्रतियोगिता दुई दिनसम्म हुने जानकारी गराएको हो । प्रतियोगिता चैत ११ गते र चैत १२ गते त्रिभुवन विमानस्थल परिसरस्थित रोयर नेपाल गल्फ कोर्समा हुने छ । उक्त प्रतियोगिता बिहान ८ बजेदेखि सुरु हुनेछ । जसमा १२० जना खेलाडीहरू सहभागी हुने इन्स्योरेन्सले जनाएको छ ।

महिला पुरुष दुवै सहभागी हुन पाउने उक्त प्रतियोगितामा १० जना महिला र बाँकी पुरुष खेलाडी हुने आयोजकले जनाएको छ । त्यसमध्ये ९ देखि १४ वर्षसम्मका १६ जना जुनियर खेलाडी हुने छन् भने १८ वर्षभन्दा माथिका स:शुल्क खेल्न पाइने उक्त प्रतियोगिताको लागि इच्छुक तथा योग्यता पुगेका खेलाडीले बिहीबार(चैत १० गते) सम्ममा नाम दर्ता गराइसक्नु पर्ने हुन्छ । रोयल नेपाल गल्फका कोषाध्यक्ष मधुर शिन्याका अनुसार उक्त प्रतियोगितामा रोयल नेपाल गल्फका सदस्य, इन्स्योरेन्स र गैर सदस्य अतिथिहरु योग्य हुनेछन् ।

साथै, उक्त प्रतियोगितामा सहभागी विजेता खेलाडीहरुलाई विभिन्न १५ विधाका पुरस्कार वितरण गरिने छ । जसमा नगद पुरस्कारको व्यवस्था भने छैन । यो एमाच्योर गल्फ टुरनामेन्ट भएकोले नगद पुरस्कारको व्यवस्था नरहेको कोषाध्यक्ष शिन्याले बताए ।

इन्स्योरेन्सले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत खेलकुद विकासको लागि उक्त प्रतियोगिताको प्रायोजन गरेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत एनपी प्रधानले बताए । कम्पनीले यसअघि पनि दुई पटक सन् २०१८ र २०१९ मा गल्फ टुरनामेन्टको प्रायोजन गरेको थियो । त्यसपछि कोराना संक्रमणका कारण सन् २०२० र २०२१ मा भने कार्यक्रम हुन नसकेकोले बताउँदै पुनः यसलाई निरन्तरता दिइएको सीईओ प्रधानले बताए ।

One comment on "लुम्बिनी जनरल इन्स्योरेन्सको प्रायोजनमा गल्फ टुर्नामेन्ट हुँदै, विजेतालाई १५ विधामा पुरस्कार"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.