विनोद चौधरीको आत्मकथा मंगोलियन भाषामा

  २०७८ चैत २ गते १४:०५     विकासन्युज

काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष एवं ख्यातिप्राप्त उद्योगपति विनोद चौधरीको आत्मकथा अंग्रेजी संस्करण ‘मेकिङ्ग इट बिग’ मंगोलियन भाषामा प्रकाशित भएको छ । यसअघि चौधरीको आत्मकथा नेपाली, अंग्रेजी, हिन्दी, सर्वियन, रसियन भाषामा प्रकाशित भईसकेको छ ।

नेपालमा बेस्ट सेलर रहेको चौधरीको आत्मकथा अंग्रेजी भाषाका पाठकले पनि निकै मन पराएका छन् । विश्वव्यापी पाठकका लागि अमेजनमा समेत यो पुस्तक उपलब्ध रहेको छ । नेपाली पाठकका लागि देशभरका अधिकांश पुस्तक पसलमा यो पुस्तक उपलब्ध रहेको छ भने किताब यात्रामार्फत अनलाईन अर्डर गर्न सकिने व्यवस्था छ ।

मंगोलियन भाषाका पाठकहरूका लागि आफ्नो आत्मकथा सार्वजनिक गर्न पाएकोमा लेखक चौधरीले खुसी भएको बताए । मंगोलियन भाषाको पुस्तक सार्वजनिक गर्दै चौधरीले कथा वा विषयवस्तु जेसुकै भएपनि आम पाठकसम्म नपुगेसम्म त्यसको अर्थ नहुने उनी बताउँछन् ।

चौधरी नेपाली कांग्रेसको केन्द्रीय सदस्यका रुपमा पछिल्लो समय राजनीतिमा सक्रिय छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.