‘पतञ्जलि योग सूत्र’ को नेपाली भाषामा अनुवादित पुस्तक विमोचन

  २०७८ फागुन ११ गते १९:०२     विकासन्युज

काठमाडाैं । द आर्ट अफ लिभिङले ‘पतञ्जलि योग सूत्र’ को नेपाली भाषामा अनुवादित पुस्तक विमोचन गरेकाे छ । संस्थाले गुरुदेव रवि शंकरले व्याख्या गरेकाे उक्त पुस्तककाे साेमबार विमाेचन गरेकाे हाे ।

उक्त व्याख्यामा आधारित अङ्ग्रेजी पुस्तक आर्ट अफ लिभिङका प्रशिक्षक सूर्य पराजुलीले नेपाली भाषामा अनुवाद गरेका हुन् ।

‘पतञ्जली योग सूत्र’ महर्षि पतञ्जलिले मानव चेतनाको उच्चतम अवस्था हासिल गर्ने तरिकाको रूपमा उल्लेख गरेका संक्षिप्त सुत्रहरूको संकलन हो । यिनै सुत्रहरूको बारेमा रवि शंकरले ज्ञानबद्र्ध्ध व्याख्या गरेका थिए । यस पुस्तकमा योगको अनुशासन, समाधि, ईश्वर, क्रियायोग, दुःखका कारण र यसबाट मुक्तिका उपाय, अष्टाङ्ग–योग आदि विषयमा सरल व्याख्या गरिएको छ संस्थाले जानकारी दिएकाे छ ।

संस्थाले पूर्वीय दर्शन र संस्कृतिमा आधारित विभिन्न ज्ञान संप्रेषण गर्नका लागि समय–समयमा गुरुदेव रविशंकरबाट प्रदान भएका ज्ञानसम्बन्धी जीवनोपयोगी पुस्तक प्रकाशन गरी वितरण गर्दै आएको छ ।

विक्रम सम्वंत २०६० सालमा नेपालमा दर्ता भई सेवारत सामाजिक संस्था हो । यसले तनावमुक्त मन र हिंसामुक्त समाज भन्ने आफ्नो उद्धेश्य हासिल गर्न विभिन्न सेवामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

यस संस्थाले तनाव व्यवस्थापन सम्बन्धि विभिन्न तालिमहरू सञ्चालनको साथै द्वन्द्वयुक्त क्षेत्रमा शान्ति कायम गर्ने लगायत भूकम्प तथा कोरोना संक्रमण जस्ता विपत्कालीन समयमा अग्रपंक्तिमा रहेर सेवा गर्दै आएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.