मालाले छोपिए क्यानका डीजी अधिकारी

  २०७८ माघ २१ गते १४:५५     विकासन्युज

काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरणका (क्यान) का नवनियुक्त महानिर्देशक (डीजी) प्रदिप अधिकारी मालाले छोपिएका छन् ।

११ औं तहका अधिकारीलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी चार वर्षे कार्यकालका लागि महानिर्देशकमा नियुक्त गरेको थियो । क्यानको डीजी बन्नका लागि १२ औं तहका ६ जना उपमहानिर्देशक प्रतिस्पर्धामा रहेका थिए ।

६ जना सिनियरलाई पाखा लगाउँदै अधिकारीले डीजीमा बाजी मारेका हुन । उनको स्वागतमा धेरै वटा मालाको प्रयोग भएको एउटा तस्विरले देखाएको छ ।

नवनियुक्त डीजी अधिकारीलाई धेरै वटा माला लगाइएकोे तस्विर फेलापारेपछि उनकै एक सहपाठीले व्यङग्य गरेका छन् ।

‘लौ गज्जबको दृश्य देख्न पाइयो त ! यस्ता मालाको खातमा आफ्नै सहपाठी देख्दा एकातिर खुशी र गर्व लाग्ने अर्कोतिर आफ्ना साथी उस्तै आहालमा रमेको देखेर चसक्क मन दुख्ने !!! नियुक्त हुँदा जस्तो निवृत्त हुँदा होस् या चीरकालसम्म यस्तै माला पहि¥याउने गरेर काम गर्नु मित्र !! सुखद, सफल र अब्बल कार्यकालको शुभकामना !!! बधाई छ प्रदीप अधिकारी,’ सामाजिक सञ्जाल (फेसबुकमा) डीजी अधिकारीलाई मेन्सन गर्दै माधनराज न्यौपानेले लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.