२०७८ माघ १२ गते १७:२१ विकासन्युज
काठमाडाैं । सिद्धार्थ बैंकले माघ १२ गते बुधवार काठमाडाैंस्थित सिनामंगलमा नयाँ एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
बैंकले सिनामंगल क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा सहज ढङ्गले पुर्याउने उद्देश्यका साथ उक्त एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको जनाएकाे छ ।
बैंकले सजिलो बैंकिङ्ग सेवा (शाखारहित बैंकिङ्ग), एटिएम, पिओएस मेसिनका साथै निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने तथा डेबिट र क्रेडिट कार्ड आवेदन दिन सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, एटिएम कार्ड, ४५० भन्दा बढि व्यवसायिक केन्द्रहरुबाट विशेष छुट प्राप्त गर्न सकिने गरी जारी गरिएको युएनओ क्रेडिट कार्ड जस्ता सेवा मार्फत् बैंकले बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.